समाज

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ फागुन //
विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  पुर्व मन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।

समारोहका अतिथिहरुले समारोह आयोजना हुनु आफैमा गर्भको विषय भएको र यस्ता सराहनिय कार्य गर्ने संस्थाको प्रगति र उन्नति हुनुमा सबैको खुशि र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

आयोजित समारोहलाई आर्कषण बनाउन बजिकाञ्चल क्षेत्रबाट लोग भई रहेको विभिन्न सम्पदाहरु जस्तै हलो, जुवा, बेहुला बोक्ने पालकी, विभिन्न स्थानिय माटाका भाडाहरु लगायत दर्जन भन्दा बढि सामग्रीहरु प्रस्तुत गरिएको छ ।

बज्जिका भाषा, संस्कृतिको संरक्षण र विकासमा सहयोग गरेको भन्दै संस्थाले समारोह मार्फत २ दर्जन भन्दा बढि व्यक्तित्वहरु स्थानिय पहिर धोती एवम गमछा तथा सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमका संयोजक योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश नं. २ का विधायक डा.डिम्पल झा, जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र राय यादव, गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुर, कृषि विज्ञ डाक्टर श्री भगवान ठाकुर, राजपा प्रत्यासी ओम प्रकाश जयसवाल, राजपा नेता विन्देश्वर राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेल, बज्जिका भाषा विकास प्रतिष्ठान नेपालका अध्यक्ष रामसागर साह, नेपाल बज्जिका शिक्षक संघका अध्यक्ष सफिन्द्र राय यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पाण्डेय, आरडी सी नेपालका दिनेश यादव, आईएसडी नेपालका अध्यक्ष मुनिन्द्र ठाकुर, संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादव, महिला नेतृ गिता कुशवाहा लगायत हजारौंको सहभागिता रहेको थियो । 


चन्द्रनिगाहपुर सिटी जेसिजको अध्यक्षमा धिताल - 2017-01-16
रौतहट ३ माघ / चन्द्रनिगाहपुर सिटी जेसिजको तेश्रो पदस्थापना दिवश सम्पन्न भएको छ । चन्द्रनिगाहपुर सिटी जेसिजको बर्ष २०१७का लागी मधुसुधन धितालले अध्यक्ष को चेन लगाएका छन ।

सामुदायिक भवनको शिलान्याश - 2017-01-16
कलमपाटी ३ माघ रौतहटको सखुअवा धमौरा गाबिसको सखुअवा टोलमा सोमवार सामुदायिक भवनको शिलान्यास गरीएको छ ।

धारीलो हतियार प्रहार गरी महिलाको हत्या - 2017-01-16
सर्लाही ३ माघ सर्लाहीको फुलपरासीमा ६५ वर्षिया एक महिलाको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । आइतबार राती फुलपरासी–४ की ६५ वर्षिया नुनु देवी रायको हत्या भएको हो ।

राष्ट्रपतिको छोरीको विवाह पुर्व राष्ट्रिपतीको नाती संग - 2017-01-16
काठमाण्डौ ३ माघ / विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुसुम भण्डारी को पुर्व राष्टपती रामवरण यादवका नाती संग विवाह भएको छ ।

बिधालय भवनको संसद भट्टराई द्धारा शिलान्यास - 2017-01-15
कलमपाटी २ माघ / रौतहटको चन्द्रपुर नपा ८ मा रहेको बागमती उमावीको निमार्णहुन लागेको ६ कोठे बिधालय भवनको आइतवार शिलान्यास गरीएको छ ।

महोत्तरीको औरही ब्ल्याङ्केट वितरण - 2017-01-15
महोत्तरी २ माघ सामाजिक संजालको समूह एमआरआरले महोत्तरीको औरही गाबिसको मुसहर बस्तिमा बल्याङ्केट वितरण गरेको छ ।

स्थानिय निकायमा अधिकृत खटाइने - 2017-01-12
कलमपाटी २८ पुस / संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले सवै स्थानीय तहमा शाखा अधिकृतको नेतृत्वमा कर्मचारी खटाउने तयारी गरीरहेको छ ।

तलाकले पारेको प्रभावबारे छलफल - 2017-01-11
कलमपाटी २७ पुस/ रौतहटको गौरमा मुस्लिम समुदायमा प्रचलनमा रहेको तलाक बिषयमा सरोकारवालाहरु बिच अन्र्तकृया कार्यक्रमको आयोजना गरीएको छ ।

देवर संग प्रेम सम्वन्ध भएपछि श्रीमानको हत्या - 2017-01-11
कलमपाटी २७ पुस/ देवर संग प्रेम सम्वन्ध भएपछि रौतहटमा श्रीमतीको योजनामा श्रीमानको हत्या भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



782854 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top