समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

बाँदर धपाउन सर्वोच्चमा गुहार - 2016-09-28
काठमाडौं: बाँदरले खाद्यान्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‌याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न आदेश दिएको छ ।

खैरो हिरोइन सहित दुइजना पक्राउ - 2016-09-28
रौतहट १२ असोज /भारतको बैगरगनियाबाट लागुऔषध हेरोईन ल्याउदै गरेको अवस्थामा प्रहरीले रौतहटमा दुइ जना लाइ पक्राउ गरेको छ ।

घरघरमा मानव अधिकार अभियान - 2016-09-28
रौतहट १२ असोज/ घर घरमा सवैका लागी मानवअधिकार, शान्ति र बिकाशको आधार भन्ने अभियान रौतहटका दुइवटा बिधालयमा संचालन गरीएको छ । चन्द्रपुर स्थित श्री जुडिवेला मावि र मुनलाइट एकेडेमीका बिधार्थीलाइ मानवअधिकार सचेतना कक्षा संचालन गरीएको छ ।

रोकीराखेको जीप बाट २५ लाख चोरी - 2016-09-27
विराटनगर ११ असोज पार्किङ गरिएको बलेरो जीप बाट सिसा फुटाएर झोलाबाट २५ लाख चोरी भएको छ । तेह्रथुमको बसन्तपुरस्थित माउण्ट मकालु डेभलपमेन्ट बैंकका कर्मचारीले गाडीमा राखेको पैसा चोरी भएको बताइएको छ ।

प्रहरीको पसिनामा अरुको रजाइँ - 2016-09-27
रामेश्वर बोहरा: खोज पत्रकारिता केन्द्र / ज्यानको बाजी राखेर अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रहरीलाई प्रोत्साहन स्वरुप दिइने पुरस्कार रकममा अदालत र राजस्व अनुसन्धान विभागका कर्मचारीले लुट मच्चाइरहेका छन्, कसरी ?

एक वालिका बेकसुर गर्भै देखी जेलमा - 2016-09-27
रौतहट ११ असोज रौतहट बन्दीगृहमा नै जन्मिएकी एक नावालिका आमाले गरेको अपराधका कारण तीनबर्ष देखि कारागारमा बन्दी जीवन विताइरहेकी छिन ।

धादिङ्गमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यू [अपडेट] - 2016-09-27
धादिङ्ग ११ असोज / धादिङ्गको मार्पाक ६ लवांगफेदीमा भएको बस दुर्घटनामा १८ जनाको घटनास्थलमा नै ज्यान गएको छ । धादिङवेसी देखी करीव ३० किलोमिटर टाढा मार्पाक दुर्घटना भएको हो | ।

राजमार्गका प्रहरीले किन भेट्टाउदैनन लागुऔषध ! - 2016-09-26
काठमाण्डौ १० असोज सुनसरी बाट बसमा राखेर काठमाण्डौ सम्म लागुऔषध पुर्याउदा पनि राजमार्गमा खटीने प्रहरीले सुइको नपाउने गरेको तथ्य खुलेको छ । सयौ किलोमिटर लामो दुरी पार गरेर राजधानी छिर्ने बसमा लागुऔषध राखेर लैजाने गरेको पाइएको हो ।

बम राख्ने मध्यका दुइ जना पक्राउ - 2016-09-26
काठमाण्डौ १० असोज केहि दिन अघि राजधानीमा आधा दर्जन निजी विद्यालयहरुमा बम राख्ने मध्य दुइ जना लाइ सोमवार प्रहरीले पक्राउ गरेको छ । माओवादी कम्युनिष्ट केन्द्र नामक पार्टीका थप दुइ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679146 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top