समाज

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ फागुन //
विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  पुर्व मन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।

समारोहका अतिथिहरुले समारोह आयोजना हुनु आफैमा गर्भको विषय भएको र यस्ता सराहनिय कार्य गर्ने संस्थाको प्रगति र उन्नति हुनुमा सबैको खुशि र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

आयोजित समारोहलाई आर्कषण बनाउन बजिकाञ्चल क्षेत्रबाट लोग भई रहेको विभिन्न सम्पदाहरु जस्तै हलो, जुवा, बेहुला बोक्ने पालकी, विभिन्न स्थानिय माटाका भाडाहरु लगायत दर्जन भन्दा बढि सामग्रीहरु प्रस्तुत गरिएको छ ।

बज्जिका भाषा, संस्कृतिको संरक्षण र विकासमा सहयोग गरेको भन्दै संस्थाले समारोह मार्फत २ दर्जन भन्दा बढि व्यक्तित्वहरु स्थानिय पहिर धोती एवम गमछा तथा सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमका संयोजक योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश नं. २ का विधायक डा.डिम्पल झा, जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र राय यादव, गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुर, कृषि विज्ञ डाक्टर श्री भगवान ठाकुर, राजपा प्रत्यासी ओम प्रकाश जयसवाल, राजपा नेता विन्देश्वर राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेल, बज्जिका भाषा विकास प्रतिष्ठान नेपालका अध्यक्ष रामसागर साह, नेपाल बज्जिका शिक्षक संघका अध्यक्ष सफिन्द्र राय यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पाण्डेय, आरडी सी नेपालका दिनेश यादव, आईएसडी नेपालका अध्यक्ष मुनिन्द्र ठाकुर, संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादव, महिला नेतृ गिता कुशवाहा लगायत हजारौंको सहभागिता रहेको थियो । 


खाडी मुलुकमा अवैधरुपमा धेरै घरेलु कामदार - 2017-03-28
काठमाण्डौ १५ चैत्र / अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी मुलुक पठाउने काममा अध्यागमन विभागका कर्मचारी कै मिलोमतो र कमजोरी भएको बताइएको छ ।

२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला - 2017-03-28
४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।

एसएसवि द्धारा मारीएका साहको परीवारलाइ १० लाख राहात - 2017-03-27
बिराटनगर १४ चैत्र/ भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर मारीएका मोरङ अमाहीवरियाती ७ का बासुदेव साहका परिवारलाइ सरकारले १० लाख राहात दिएको छ ।

२०७४ मा सार्वजनिक बिदा कहिले पर्छ ? - 2017-03-27
कलमपाटी १४ चैत्र / मन्त्रि परिषद अन्र्तगतको सामाजिक समितिले पुरानै सार्वजकिन विदालाई निरन्तरता दिने निर्णय गरेको छ । बि.स २०७४ मा सरकारले कुन कुन मितीमा बिदा दिने निर्णय गरेको छ सुचि सहित हेनुहोस ।

शिक्षा कार्यालय बिरुद्ध बिधार्थीको प्रर्दशन - 2017-03-27
कलमपाटी १४ चैत्र/ जनज्योती उच्च मावि चन्द्रनिगाहपुर रौतहटको परिक्षा केन्द्र अपाएक स्थानमा राखिएको भन्दै बिधार्थीले चन्द्रनिगाहपुरमा प्रर्दशन गरेका छन ।

नाम ठेगाना नखुलेको एक महिलाको शव फेला - 2017-03-26
कलमपाटी १३ चैत्र/ बारा जिल्लाको प्रसौनी मा आइतबार एक महिलाको शव प्रहरीले फेला परेको छ । अन्दाजी ३० बर्षिया महिलाको शव फोला परेको र पोस्टमार्टमका जिल्ला अस्पताल कलैया मा लगिएको प्रहरीले जनाएको छ ।

असिनापानीले भिजेको कितावकापी सुकाउदै बिधार्थी - 2017-03-26
कलमपाटी १३ चैत्र/ शुक्रवार राति हावाहुरी सगै आएको असिना पानीले घरकाृ छाना उडाउदा तथा फुटाउदा बिधार्थीको कितावकापी नष्ट भएका छन ।

गोली लागेका घाईते शिक्षकको उपचारको क्रममा मृत्यु - 2017-03-25
कलमपाटी १२ चैत्र/ रौतहटको बृन्दाबन गाउपालिका स्थित बिश्रामपुर मा गोली लागेर घाईते भएका शिक्षक राम एकवाल यादवको उपचारको क्रममा मृत्यु भएको छ ।

छात्रछात्रालाई व्यावसायी द्धारा जुतामोजा बितरण - 2017-03-25
कलमपाटी १२ चैत्र / काठमाण्डौ स्थित होम फिनिसिंग सामान सप्लाईगर्ने दुईजना ब्यापारीले रौतहटको एक बिधालयका छात्रछात्रालाई छालाको जुता मोजा बितरण गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



782870 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top