समाज

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ फागुन //
विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  पुर्व मन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।

समारोहका अतिथिहरुले समारोह आयोजना हुनु आफैमा गर्भको विषय भएको र यस्ता सराहनिय कार्य गर्ने संस्थाको प्रगति र उन्नति हुनुमा सबैको खुशि र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

आयोजित समारोहलाई आर्कषण बनाउन बजिकाञ्चल क्षेत्रबाट लोग भई रहेको विभिन्न सम्पदाहरु जस्तै हलो, जुवा, बेहुला बोक्ने पालकी, विभिन्न स्थानिय माटाका भाडाहरु लगायत दर्जन भन्दा बढि सामग्रीहरु प्रस्तुत गरिएको छ ।

बज्जिका भाषा, संस्कृतिको संरक्षण र विकासमा सहयोग गरेको भन्दै संस्थाले समारोह मार्फत २ दर्जन भन्दा बढि व्यक्तित्वहरु स्थानिय पहिर धोती एवम गमछा तथा सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमका संयोजक योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश नं. २ का विधायक डा.डिम्पल झा, जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र राय यादव, गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुर, कृषि विज्ञ डाक्टर श्री भगवान ठाकुर, राजपा प्रत्यासी ओम प्रकाश जयसवाल, राजपा नेता विन्देश्वर राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेल, बज्जिका भाषा विकास प्रतिष्ठान नेपालका अध्यक्ष रामसागर साह, नेपाल बज्जिका शिक्षक संघका अध्यक्ष सफिन्द्र राय यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पाण्डेय, आरडी सी नेपालका दिनेश यादव, आईएसडी नेपालका अध्यक्ष मुनिन्द्र ठाकुर, संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादव, महिला नेतृ गिता कुशवाहा लगायत हजारौंको सहभागिता रहेको थियो । 


परिक्षा केन्द्र अपायक स्थानमा भएको भन्दै बिधार्थीको प्रर्दशन - 2017-03-31
चन्द्रपुर १८ चैत्र/ परिक्षार्थी लाइ अपाएक पर्ने स्थानमा परिक्षाकेन्द्र राखिएको भन्दै चन्द्रनिगाहपुरमा बिधार्थीले प्रदशन गरेका छन ।

भु माफिया संग मिल्ने साहयक बन अघिकृत यादव पक्राउ - 2017-03-31
रौतहट १८ चैत्र/ वनको जमिन व्यक्तिको नाममा दर्ता गराउन सहयोग गर्ने साहयक बन अघिकृत यादव लाइ जिल्ला बन कार्यालय रौतहटले पक्राउ गरेको छ ।

पहिले मेयरको तलव ४ हजार ५सय , अहिले कती ? - 2017-03-31
काठमाण्डौ १८ चैत्र / स्थानिय तहका मेयरको पदमा लाखौ खर्च गरेर भएपनि जित्ने हाडवाजीमा धेरै मानिस लागेका छन । तर यस अघिको स्थानिय निकायका प्रमुख हरुको सेवा सुबिधा भने कम रहेको थियो ।

इटहरीमा प्रहरी र नगरवासी बिच अन्र्तकृया - 2017-03-31
इटहरी १८ चैत्र/ सुनसरीको इटहरी नगर क्षेत्रमा पछिल्लो दिनह?मा शान्तिसुरक्षाको अवस्था अझै सुधार हुदै आएको स्थानियको अनुभव छ ।

फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने - 2017-03-31
राजधानीबाट तराई–मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग ९फास्ट ट्रयाक० निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ ।

म्यादी प्रहरीमा युवायुवतीको आर्कषण - 2017-03-30
रौतहट १७ चैत / निर्वाचनको सुरक्षाका लागी म्यादी प्रहरी बन्नका लागी रौतहटमा धेरै ठुलो संख्यामा युवायुवतीहरुले आवेदन दिएका छन ।

सशस्त्रमा ६ जना एसएसपीमा बढुवा - 2017-03-29
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । बढुवा हुनेमा क्रमशः अभि खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गा भट्टराई, कमल गिरी र राजेन्द्र शाक्य रहेका छन् ।

एम्वुलेन्स जाने बाटो समेत नहुदा गाउले पिडित - 2017-03-28
रौतहट १५ चैत्र / रौतहट जिल्लाको बागमती नदीले कटान गरेको धेरै पछिडिएको तात्कालिन गढ़ो गाबिसमा बाटो नहुदा स्थानियले दुख पाउदै आएका छन ।

साउन देखि भन्सार नतिरेको भारतिय नम्वरको जीप बरामद - 2017-03-28
कलमपाटी १५ चैत्र/ भन्सार राजश्व नतिरी महिनौ देखि नेपालमा चलाइरहेको भारतिय नम्वरको स्कारपियो जीप ट्राफिक प्रहरी रौतहटले सोमवार राति बरामद गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



782839 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top