समाज

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ फागुन //
विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  पुर्व मन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।

समारोहका अतिथिहरुले समारोह आयोजना हुनु आफैमा गर्भको विषय भएको र यस्ता सराहनिय कार्य गर्ने संस्थाको प्रगति र उन्नति हुनुमा सबैको खुशि र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

आयोजित समारोहलाई आर्कषण बनाउन बजिकाञ्चल क्षेत्रबाट लोग भई रहेको विभिन्न सम्पदाहरु जस्तै हलो, जुवा, बेहुला बोक्ने पालकी, विभिन्न स्थानिय माटाका भाडाहरु लगायत दर्जन भन्दा बढि सामग्रीहरु प्रस्तुत गरिएको छ ।

बज्जिका भाषा, संस्कृतिको संरक्षण र विकासमा सहयोग गरेको भन्दै संस्थाले समारोह मार्फत २ दर्जन भन्दा बढि व्यक्तित्वहरु स्थानिय पहिर धोती एवम गमछा तथा सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमका संयोजक योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश नं. २ का विधायक डा.डिम्पल झा, जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र राय यादव, गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुर, कृषि विज्ञ डाक्टर श्री भगवान ठाकुर, राजपा प्रत्यासी ओम प्रकाश जयसवाल, राजपा नेता विन्देश्वर राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेल, बज्जिका भाषा विकास प्रतिष्ठान नेपालका अध्यक्ष रामसागर साह, नेपाल बज्जिका शिक्षक संघका अध्यक्ष सफिन्द्र राय यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पाण्डेय, आरडी सी नेपालका दिनेश यादव, आईएसडी नेपालका अध्यक्ष मुनिन्द्र ठाकुर, संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादव, महिला नेतृ गिता कुशवाहा लगायत हजारौंको सहभागिता रहेको थियो । 


नापी सर्वेक्षक ठाकुर घुस रकम सहित पक्राउ - 2017-04-04
जनकपुर २२ चैत्र / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरलाइ घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

सुख्खा पहिरो खस्दा दुइ जनाको मृत्यू , आधा दर्जन सवारी साधनमा क्षेती - 2017-04-03
चितवन २१ चैत / मुग्लिन नारायणगढ सडकखण्डको कविलास घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खस्दा दुई जनाको ज्यान गएको छ भने केही सवारी साधन पुरीएका छन ।

भोलनटारका अग्नी पिडित लाइ राहात बितरण - 2017-04-03
कलमपाटी २१ चैत्र / शनिवार राति चन्द्रपुर ३ भोलनटारमा आगलागी हुदा तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ । भोलनटारका राज भुजेलको एक तले काठको घर जलेको छ भने २ वटा गोरू र ७ बटा बाख्रा जलेर मरेका छन

कटहरीया गाउपालिका प्रमुखमा पुन मुखिया - 2017-04-03
कलमपाटी २१ चैत्र / कटहरीया गाँउपालिका पुन प्रमुख भएर राजदेव मुखिया आएका छन । गाउपालिका भएपछि चार दिन मात्रै काम गरेर उनी अन्यत्र सरुवा भएका थिए ।

नेपालको आर्थिक विकासको मोडेल - 2017-04-03
सुरेन्द्र पाण्डे / नेकपा एमाले बिदेश विभागले नेपालको आर्थिक विकासको मोडेल र नेपालको आर्थिक विकासका सम्भाबना र चुनौती जस्ता दुईवटा महत्वपूर्ण बिषयमा बहस र छलफलको आयोजना गरेकोछ । यसप्रकारको अग्रसरता र प्रयासको लागि सर्वप्रथम म विदेश विभागलाई धन्यवाद दिन चाहन्छु । बि.सं. २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीले अहिले मात्र आर्थिक नीति र समृद्धिको बिषयमा बहस प्रारम्भ गर्दैछ ।

८ र ९ मा पढ्ने छात्राहरुलाई साइकल उपहार - 2017-04-01
रौतहट १९ चैत्र / रौतहटको पस्चिम भेग अन्र्तगत ३ नम्वर क्षेत्रमा रहेका सवै सरकारी तथा सामुदायिक बिधालयमा पढ्ने छात्राहरुलाई साइकल उपहार दिइएको छ ।

चन्द्रनिगाहपुरमा सरसफाइ - 2017-04-01
कलमपाटी १९ चैत्र/ राष्ट्रिय सहकारी दिवसको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा सरसफाइ गरीएको छ । दिगो बिकास लक्ष्यका लागी सहकारी भन्ने उदेश्यका साथ ६० औ राष्ट्रिय सहकारी दिवशको अवसरमा चन्द्रनिगाहपुरमा रहेका बिभिन्न सहकारी सस्थामा आवद्ध सदस्यहरुको सहयोगमा कार्यक्रम गरीएको हो ।

ट्रक र बस ठोक्किदा ५ जनाको मृत्यू - 2017-04-01
कलमपाटी १९ चैत्र / नवलपरासीको मध्यविन्दु नगरपालिका ४० किलो जंगलमा बहाक बस र भारतीय नम्बरको ट्रक ठोकिदा पाँच जनाको मृत्यु भएको छ ।

मुसहरबस्तीको अत्यासः धमिलो पानीले धानेकाे जिन्दगी - 2017-04-01
डेढवर्षे चन्द्रिका सदाय भोकले छटपटिएर चिच्याउँदै छिन् । पाँच वर्षीया दिदी गुडिया दूध चुसाउने बोतलमा कुवाको फोहोर पानी चन्द्रिकाको मुखमा टाँस्दै बालिकाको तलतल कम गर्ने कोसिसमा छिन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



782841 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top