समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

पुर्ण सरसफाइ र कार्ययोजना तयारी सम्बन्धी तालिम सम्पन्न - 2016-11-27
रौतहट १२ मंसिर ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिति ( फन्ड बोर्ड ) महाराजगंज काठमाण्डौको साझेदारीमा यस सेभ द इनभ्यारोमेन्ट अफ नेपाल (स्टेन) चन्द्रपुर १, रौतहटको आयोजनामा रंगपुरमा तालिम शनिवार सम्पन्न भएकोछ ।

बाल निकेतन माविमा सस्टेनएवल युथ क्लव गठन - 2016-11-27
श्याम कार्की रौतहट १२ मंसीर/ चन्द्रपुर ४ मा रहेको बाल निकेतन माविमा अध्ययनरत विद्यार्थीहरुको सक्रिय सहभागितामा सस्टेनएबल युथ क्लवको गठन भएको छ ।

मिर्गौला रोगीलाई ५ लाख सहयोग - 2016-11-23
काठमाण्डौ ८ मंसिर/ मिर्गौला रोगबाट पिडित काठमाण्डौ लैनचौर का शान्ति गुरुङ्ग लाइ एक सामाजीक सस्थाले पाच लाख रुपैया सहयोग गरेको छ ।

बाराका रक्त क्यान्सर पिडित युवालाइ रकम सहयोग - 2016-11-23
बारा ८ मंसिर / रक्त क्यान्सर बाट पिडित बारा डुमरवानाका १८ बर्षिय युनेश पौडलको उपचारमा सहयोग गर्नका लागी धेरै व्यक्तिहरुले रकम सहयोग गरेका छन

बलत्कारको आरोप लागेका फरार व्यक्ति पक्राउ - 2016-11-21
रौतहट ६ मंसिर / गएको असार २४ गते गौर नपा १४ की एक बालिकालाई पैसा दिन्छु भनि ललाई फकाई जवर्जस्तीकरणी उधोग गरि फरार एक अभियुक्त लाइ प्रहरीले पक्राउ गरेको छ ।

सांसदको तलब भत्ता बढ्यो, मासिक ८० हजार भन्दा बढी - 2016-11-20
व्यवस्थापिका संसदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित पारित गरेपछि सांसदहरुको तलब भत्ता बढेको हो।

फास्ट-ट्रयाक’ नेपालले आफैँ बनाउने - 2016-11-20
बिदेशी कम्पनी लाइ दिने की नेपाल आफैले बनाउने भन्ने विवादमा रहेको ‘फास्ट-ट्रयाक’ नेपाल आफैले बनाउने भएको छ ।

देव कर्नरको आयोजनामा रक्तदान कार्यक्रम - 2016-11-19
कलमपाटी ४ मंसिर देव कर्नर सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय ४ जनाले रक्तदान गरेका छन ।

बिधार्थीलाई स्टेशनरी र कपडा बितरण - 2016-11-18
कलमपाटी ३ मंसिर सामाजीक जागरणका लागी नारी अभियान पोखराले कास्की जिल्लाको एक प्राथमिक बिधालय लाइ पाठ्य सामाग्री तथा कपडा वितरण गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679163 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top