समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

दाउरा चोरीमा प्रयोग भएको साइकलमा आगजनी - 2016-12-25
कलमपाटी १० पुस/

अज्ञातसमुह द्धारा मिठाईपसलमा आगजनी - 2016-12-25
रौतहट १० पुस अज्ञात समुहले रौतहटको सग्रामपुर चौकमा रहेको एक मिठाई पसलमा आइतवार बिहान आगजनी गरेका छन ।

रौतहटमा एकैदिन १३ वटा मदिरा भट्टी नष्ट - 2016-12-23
कलमपाटी ८ पुस / चन्द्रपुर नगरक्षेत्रमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु नियन्त्रण गर्ने अभियानलाइ प्रहरीले तिब्र बनाएको छ ।

शहर बन्दै राजमार्ग छेउका गांउहरु - 2016-12-22
कलमपाटी ७ पुस / सघियताको संरचना अनुसार मध्य तराइको पर्सा देखी सप्तरी जिल्ला सम्मका आठवटा जिल्लाहरुलाइ प्रदेश नम्वर दुइ मा बिभाजन गरीएको छ । त्यहि प्रदेशको राजमार्ग छेउका गाउहरु नगरपालिका घोषणा हुदै बिकासको गति सगै शहर बन्न थालेका छन ।

महोत्तरीका मुसहरलाइ घर बनाइ दिदै धुर्मुस सुन्तली - 2016-12-22
काठमाण्डौ ७ पुस/ सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

द्रुतमार्ग निर्माणको अध्ययनका लागी कार्यदल - 2016-12-22
काठमाण्डौ ७ पुस / सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको पूर्वाधार अध्ययनका लागी कार्यदल गठन गरेको छ ।

भन्सार छलेर ल्याएको अण्डा बरामद - 2016-12-21
कलमपाटी ६ पुस/ केही दिन अघि बरामद गरेको भारतमा उत्पादन भएको कुखुराको अण्डा बुधवार प्रहरीले नष्ट गरेको छ ।

करेन्ट लागेर सांढे मर्यो - 2016-12-21
रौतहट ६ पुस / रौतहटको धरमपुर गाविसमा खेतबारीमा लगाएको बिधुतिय तारमा करेन्ट लागेर दुईवटा साँढे मरेको छ ।

दाइजो लिएको रकम विवाह कै दिन फिर्ता - 2016-12-21
रौतहट ६ पुस / छोराको विवाह गर्दा लिने केटी पक्ष संग लिने गरीएको दाइजो रकम मुस्लिम समुदायका केटापक्षले रौतहटमा फिर्ता गर्न थालेका छन । कटहरीया गाबिस ३ का २१ बर्षिय सद्दाम मन्सुर र सखुअवा धमौरा गाबिस ५ की १९ बर्षिया हास्मुन खातुनको विवाहमा दाइजो स्वरुप केटीपक्षले दिएको रकम केटापक्षले विवाहको दिन फिर्ता गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679176 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top