समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

साइकलमा राखेर सखुवाको गोलिया तस्करी - 2017-05-24
काचो सालको रुख काटेर साइकलमा राखे अवैधरुपमा लैजादै गरेको अवस्थामा जिल्ला बन कार्यालय रौतहटको गस्ति आठ वटा साइकल र ९ वटा गोलिया बरामद गरेको छ ।

पत्रकारहरुलाइ ज्यान मार्ने धम्की,सुरक्षाको माग गर्दै उजुरी - 2017-05-24
सामाजीक संजाल मार्फत एक व्यक्तिले पोखराका महिला पत्रकारहरुलाइ उमा सिह जस्तै बनाइ दिने धम्की दिएका छन ।

मधेश हुलाकी राजमार्ग आसपासमा १० वटा सहर - 2017-05-22
तराइ मधेशको हुलाकी राजमार्गमा १० वटा नयाँ सहर बनाउने भएको छ । हुलाकी राजमार्गको करीव किमि दायाँ–बायाँ नया सहर बनाइने भएको छ ।

नदीमा डुवेर वालकको मृत्यू - 2017-05-21
रौतहटको लालबकैया नदीमा आइतवार दिउसो एक वालकको डुवेर ज्यान गएको छ ।

प्रहरी र स्थानिय द्धारा गौरमा पोखरी सरसफाइ - 2017-05-20
जिल्ला प्रहरी कार्यालय रौतहटले गौरमा रहेको एउटा एतिहासिक पोखरीको सरसफाइ गरेको छ ।

शिवनगरमा टेक्टरको ठक्कर बाट एक जनाको मृत्यू - 2017-05-20
रौतहट को गरुडा नपा ६ स्थित शिवनगर चोक स्थित शनिवार दिउसो टेक्टरले ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।

आत्म निर्भर बनौ र समाज विकासमा टेवा पु¥याउ : महिला विकास अधिकृत न्यौपाने - 2017-05-19
महिला तथा बालवालिका कार्यालय रौतहटका प्रमुख सावित्रा न्यौैपानेले महिलाहरुलाई सीप सिकेर आय आर्जन गरि स्वाबलम्बी बन्न आग्रह गरेकी छिन ।

शिक्षा कार्यालयका दुइजना उपसचिव ४ लाख घुस सहित पक्राउ - 2017-05-18
जिल्ला शिक्षा कार्यालय सर्लाहीका दुइ जना उप सचिव लाइ अख्तियारले चार लाख घुस सहित पक्राउ गरेको छ ।

रौतहटमा जीप दुर्घटना एक जनाको मृत्यू ,११ जना दर्जन घाइते - 2017-05-18
रौतहटको बौद्धीमाई गाउँपालिका ७ मा बुधवार साझ भारतिय नम्वरको जीप दुर्घटना हुदा एक जनाका ज्यान भएको छ भने ११ जना घाइते भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679158 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top