समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

सिन्धुलिमा बस र सुमो ठोक्कियो - 2017-06-14
सिन्धुली रामटार मा बस र सुमो दुर्घटना बस चालक फरार सुमो यात्रु सिकिस्त घाईते भएका छन ।

गौरमा प्रहरी र बन्दकर्ता बिच झडप - 2017-06-14
कलमपाटी ३१ जेठ रौतहटको गौरमा राजपा नेपालका कार्यकर्ता र सुरक्षाकर्मी बिच झडप भएको छ । गौरको सिसुवाचोक नजिकै प्रहरी र बन्द गर्दै हिडेका राजपा नेपालका कार्यकर्ताहरु बिच बुधवार बिहान झडप भएको प्रहरीले जनाएको छ ।

रौतहट सदरमुकाम बन्द जनजीवन प्रभावित - 2017-06-14
सदरमुकाम गौर आसपास राजपा नेपालले मंगलवार देखि गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । गौरमा बिधालय, बजार बन्द छन ।

प्रहरीको सकृयता, चोरी भएका मोटरसाइकल समाउदै धनीलाइ जिम्मा दिदै - 2017-06-10
प्रहरीले देशका बिभिन्न ठाउहरु बाट चोरी भएका मोटरसाइकलहरु रौतहटमा बरामद गर्दै सम्वन्धित धनीहरु लाइ बुझाउदै आएको छ ।

बिस्फोटक पदार्थ सहित दुइजना पक्राउ - 2017-06-08
रौतहटमा प्रहरीले बुधवार राति बिस्फोटक पदार्थ सहित दुइजना पुर्व माओवादी लडाकुहरु पक्राउ परेका छन ।

रौतहटमा बम बनाउन प्रयोग गरीने बिस्फोटक पदार्थ बरामद - 2017-06-08
रौतहटमा प्रहरीले ठुलो मात्रामा बम बनाउन प्रयोग हुने बिस्फोटक पदार्थ बुधवार राति बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रनिगाहपुर बाट राति करीव १० बजे दुइ जना मानिस सहति जिलेट, डेटोनेटर , फ्यूज लगाएतको समान बरामद गरेको छ ।

पत्रकार तिवारी माथी भएको सुनियोजित आक्रमणको चौतर्फी बिरोध - 2017-06-06
नेपाल पत्रकार महासंघ पर्सा शाखाको उपाध्याक्ष अनुप तिवारीलाई हिजो राती सुनियोजित रुपमा आक्रमण गर्ने मनसायले गरिएको दूब्र्यबहारप्रति नेपाल पत्रकार महासंघ पर्साले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

साइकलमा राखेर सखुवाको गोलिया तस्करी - 2017-06-06
जिल्ला बन कार्यालय रौतहटको गस्ति टोलीले तीन वटा साइकलमा राखेर लैजादै गरेको सखुवाको गोलीया बरामद गरेको छ ।

जनज्योतीले पुर्वाग्रही ढंगबाट शिक्षकहरु हटाएको गुनासो - 2017-06-06
चन्द्रनिगाहपुरमा रहेको जनज्योती उच्च माध्यमिक विद्यालयले पुर्वाग्रही ढंग बाट बिना कारण शिक्षकहरु हटाएको पिडित शिक्षकहरुको गुनासो छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679191 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top