समाज

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ फागुन //
विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  पुर्व मन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।

समारोहका अतिथिहरुले समारोह आयोजना हुनु आफैमा गर्भको विषय भएको र यस्ता सराहनिय कार्य गर्ने संस्थाको प्रगति र उन्नति हुनुमा सबैको खुशि र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

आयोजित समारोहलाई आर्कषण बनाउन बजिकाञ्चल क्षेत्रबाट लोग भई रहेको विभिन्न सम्पदाहरु जस्तै हलो, जुवा, बेहुला बोक्ने पालकी, विभिन्न स्थानिय माटाका भाडाहरु लगायत दर्जन भन्दा बढि सामग्रीहरु प्रस्तुत गरिएको छ ।

बज्जिका भाषा, संस्कृतिको संरक्षण र विकासमा सहयोग गरेको भन्दै संस्थाले समारोह मार्फत २ दर्जन भन्दा बढि व्यक्तित्वहरु स्थानिय पहिर धोती एवम गमछा तथा सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमका संयोजक योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश नं. २ का विधायक डा.डिम्पल झा, जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र राय यादव, गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुर, कृषि विज्ञ डाक्टर श्री भगवान ठाकुर, राजपा प्रत्यासी ओम प्रकाश जयसवाल, राजपा नेता विन्देश्वर राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेल, बज्जिका भाषा विकास प्रतिष्ठान नेपालका अध्यक्ष रामसागर साह, नेपाल बज्जिका शिक्षक संघका अध्यक्ष सफिन्द्र राय यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पाण्डेय, आरडी सी नेपालका दिनेश यादव, आईएसडी नेपालका अध्यक्ष मुनिन्द्र ठाकुर, संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादव, महिला नेतृ गिता कुशवाहा लगायत हजारौंको सहभागिता रहेको थियो । 


बाढी पिडितले राहत नपाएको गुनासो - 2017-08-16
राहत बितरण प्रभावकारी नभएको भन्दै रौतहटका बाढी पिडितहरुले गुनासो गरेका छन । सिमा सुरक्ष पोष्ट औरयामा मंगलवार हेलिकप्टर बाट ल्याइएको ८० बल्डल त्रिपाल अलपत्र परेको हो ।

वीरगंजबाट हेलिकप्टर मार्फत राहत सामग्रही ढुवानी सुरु - 2017-08-16
मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ ।

ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु - 2017-08-16
चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नंको ट्याङ्करले हेटौँडा–नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।

खाल्डोमा परी बालिकाको मृत्यु - 2017-08-16
पर्साको ठोरीमा खाल्डोमा डुबेर एकजना बालिकाको ज्यान गएको छ । सुवर्णपुर गाउँपालिका-२ अनुमाननगरका कुमार बस्नेतकी आठ वर्षीया छोरी कृपा बस्नेतको ज्यान गएको हो ।

१२ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या - 2017-08-16
जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ ।

कञ्चनपुरमा एक व्यक्ति मृत फेला - 2017-08-16
सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवा टोलमा एक जना आज मृत फेला परेका छन् ।

बाढी पिडित भन्छन ४ दिन देखि भोकै छौ ! - 2017-08-15
रौतहटको देवाहीगोनाहीका बाढी पिडितहरुले भोकभोकै मर्ने अवस्था आएको बताएका छन । दोहरटोलका करीव ३ सय भन्दा बढी मानिसले खाना नखाएको ४ दिन भैसकेको छ । उनीले पानी समेत खान नपाएको दुखेसो पोखेका छन ।

रौतहटमा बाढी बाट ३ लाख मानिस बिस्थापित - 2017-08-15
बाढी र डुवान बाट रौतहटमा तीन लाख मानिस बिस्थापित भउको छन । चारलाख मानिसहरु बाढी र डुवान बाट प्रत्यक्ष प्रभाबित भएका छन ।

सिमरामा टाटासुमोको ठक्कर दिंदा मोटरसाईकल चालक घाईते - 2017-08-15
बाराको सिमरामा मंगलबार टाटासुमोको ठक्करबाट एकजना घाईते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



782828 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top