समाज

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ फागुन //
विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  पुर्व मन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।

समारोहका अतिथिहरुले समारोह आयोजना हुनु आफैमा गर्भको विषय भएको र यस्ता सराहनिय कार्य गर्ने संस्थाको प्रगति र उन्नति हुनुमा सबैको खुशि र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

आयोजित समारोहलाई आर्कषण बनाउन बजिकाञ्चल क्षेत्रबाट लोग भई रहेको विभिन्न सम्पदाहरु जस्तै हलो, जुवा, बेहुला बोक्ने पालकी, विभिन्न स्थानिय माटाका भाडाहरु लगायत दर्जन भन्दा बढि सामग्रीहरु प्रस्तुत गरिएको छ ।

बज्जिका भाषा, संस्कृतिको संरक्षण र विकासमा सहयोग गरेको भन्दै संस्थाले समारोह मार्फत २ दर्जन भन्दा बढि व्यक्तित्वहरु स्थानिय पहिर धोती एवम गमछा तथा सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमका संयोजक योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश नं. २ का विधायक डा.डिम्पल झा, जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र राय यादव, गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुर, कृषि विज्ञ डाक्टर श्री भगवान ठाकुर, राजपा प्रत्यासी ओम प्रकाश जयसवाल, राजपा नेता विन्देश्वर राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेल, बज्जिका भाषा विकास प्रतिष्ठान नेपालका अध्यक्ष रामसागर साह, नेपाल बज्जिका शिक्षक संघका अध्यक्ष सफिन्द्र राय यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पाण्डेय, आरडी सी नेपालका दिनेश यादव, आईएसडी नेपालका अध्यक्ष मुनिन्द्र ठाकुर, संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादव, महिला नेतृ गिता कुशवाहा लगायत हजारौंको सहभागिता रहेको थियो । 


पत्रकारको भेषमा चोरीको धन्दा, लेडिज ब्याग चोर्न पक्राउ - 2018-02-07
२४ माघ, काठमाडौं पत्रकारको भेषमा विभिन्न कार्यक्रममा सहभागी भएर चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

२० वर्षीया युवतीलाई आगो लगाएर हत्या प्रयास - 2018-02-07
जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(८ मा एक महिलामाथि आगो लगाई हत्या प्रयास भएको छ ।

मोटर बाटो बनाउदै रौतहटका स्थानियबासी - 2018-02-07
रौतहट २४ माघ// रौतहटको जंगलसैया भन्सर सडक स्थानियबासीको सकृयतामा निमार्ण गर्ने कार्यले तिव्रता पाएको छ । जिल्लाको गुजरा नगरपालिकाको जगलसैया देखी पुर्वपस्चिम राजमार्गको धन्सर सम्म मोटर गुडाउनका लागी स्थानियले समिती बनाएर सडक निमार्ण लाइ तिव्रता दिदै आएका छन ।

८० करोड भुक्तानी निपाएपछि सडक कार्यालयमा तालाबन्दी - 2018-02-07
चन्द्रपुर २४ माघ // बिकास निमार्णको कामको ८० करोड रकम भुक्तानी नदिएको भन्दै निमार्ण व्यवसायीले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा तालाबन्दी गरेका छन ।

सन्तपुरको नमुना बस्ति समुदायलाइ हस्तान्तरण धुर्मुस सुन्तलीले बनाएको बस्ति राष्ट्रपती द्धारा उद्घाटन - 2018-02-06
रौतहट २३ माघ // रौतहटको चन्द्रपुर ८ स्थित सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गरेको नमुना बस्ति समुदायलाइ हस्तान्तरण गरीएको छ ।

गिटी वालुव अन्यत्र बिक्री हुने चिन्ता - 2018-02-04
रौतहट २१ माघ // बिकासको नाममा नदीहरुमा बाट संकलन गरीएको गिटी, वालुवा अन्यत्र बिक्री हुन नदिन स्थानियले ध्यानाकर्षण गराएका छन ।

मासुमा ठगिदै उपभोक्ता - 2018-02-04
रौतहट २१ माघ// रौतहट जिल्लाको बजारहरुमा उपभोक्ताहरुले फोहर र अस्वस्थ्यकर मासु किन्न बाध्य छन । हाटबजार तथा मासु पसलहरु अनुुगमन नहुदा मासु व्यापारीहरुले त्यस्ता मासु उपभोक्ताहरुले किन्न बाध्य छन ।

गर्भ बसेपछि प्रेमिकाको हत्या, युवक पक्राउ - 2018-02-01
गुल्मी : गुल्मीमा गर्भ बसेपछि एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ । हत्या आरोपमा बिहादी-८, ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्रेको छ ।

अपाङ्ग बालिकालाई बलात्कार गरेर ७२ वर्षे बृद्ध हाफपाइन्टमै भागे - 2018-02-01
काठमाडौं : सुन्दा पनि अनौठो लाग्दो घटना १ धादिङको गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई ‘वनले आइज’ भन्ने उमेरका एकजना ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट लगाएर फरार भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



782835 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top