समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

​सुनसरीमा भएको आगलागीबाट छ लाखको क्षति - 2017-07-25
१० साउन, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ ।

लागुऔषधसहित ३ जना पक्राउ - 2017-07-25
१० साउन, काठमाडौं । प्रहरीले नागढुंगाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

कान्छी श्रीमतीद्वारा पतिको हत्या, दुई पक्राउ - 2017-07-25
लहान १० साउन/ पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ ।

गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा - 2017-07-25
१० साउन, नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ ।

जाम हटाउन सहरी बिकास मन्त्री साहको सक्रियता - 2017-07-24
उपत्यकामा बढदै गएको जाम हटाउन सहरी विकास मन्त्री प्रभु साह आफै सक्रीय भएका छन । सडक बिस्तारमा भएको ढिलाई तथा अबरोधको कारण जाम बढेको गुनासो पटक पटक आएपछि मन्त्री साहले स्थलगत अनुगमन गरी जाम हटाउने गरी काम गर्ने प्रबिद्धता ब्यक्त गरेका छन ।

बर्दियामा पेस्तोलसहित २ जना पक्राउ - 2017-07-24
९ साउन, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकाबाट हतियारसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महाराजगञ्ज क्याम्पसमा प्रमुख नियुक्त, प्रताप नारायणले बुझे नियुक्ति - 2017-07-24
९ साउन, काठमाडौं / सरकारले आईओएममा अन्तर्गत महाराजगञ्ज क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ ।

ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु - 2017-07-24
पर्सा ९ साउन/ पर्सा - पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

नक्कली नोटसहित २ जना पक्राउ - 2017-07-23
८ साउन, विराटनगर नक्कली नोटसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679174 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top