जहाँ मतदाताले उम्मेदवारलाई पैसा बाँड्छन् !

समाज

इनर्वाटोल नजिकै लालबकैयाको बांध मर्मत



समाज प्रकाशित मिति:

रौतहट ३ साउन//
लालबकैया नदिमा आएको बाढीले कटान गरेको बांधमा थप क्षेती हुन नदिको धारनै अर्को तर्फ लगिएको छ । बस्तिनै खतरामा परेपछि दुईसाता लामो प्रयासमा नदीको धार परिवर्तन गरीएको हो ।

रौतहटको बौधीमाई नगरपालिका ३ स्थित  इनर्वा टोल नजिकै लालबकैया नदीमा आएको बाढीले करीव दुइसय मिटर बांध कटान गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयले कटान रोक्नका लागी स्पर निमार्ण तथा , बोरामा माटो भरेर नदीले कटान गरेको स्थानमा बांध निमार्ण गरेको थियो ।

बस्तिमा नदी पस्ने खतरा बढे पछि तत्काल बांध मर्मत गर्न आवश्यक थियो त्यसे अनुसार कार्य भएको रौतहटका सिडिओ गोबिन्द प्रसाद रिजालले जानकारी दिएका छन ।

जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुर नेपाल प्रहरी, सशस्त्र प्रहरीले कटान क्षेत्रमा स्परहरु निर्माण गर्न सहयोग गरेका थिए ।

सिडिओ रिजालले कटान रोक्न र बस्तिमा बाढी पून नदिनका लागी सवै उपायहरु अपनाउनका लागी सवै लाइ निर्देशशन दिएका थिए ।

जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरको डिभिजन इन्जिनियर राजकुमार श्रीवास्तवले १५ दिनमा बोरामा वालुवा राखेर १३ वटा स्पर निमार्ण गरेको सिमेन्टको आरसिसि परकोपाइन राखिएकोले नदीको धार परिवर्तन भएको बताएका छन ।

फोटो :कटान क्षेत्रमा बनेको बांध निरिक्षण गर्दै सिडिओ रिजाल 

चन्द्रपुर नगरपालिकामा सुचनाको हक प्रयोग गर्दै बिवरण माग - 2018-07-09
रौतहट २५ असार // चन्द्रपुर नगरपालिकामा रहेको जेसिभी संचालन गर्दा भएको हरहिसाव माग गर्दै एक युवाले सुचनाको हक प्रयोग गरेका छन ।

मजदुरको न्यनतम तलब तोकियो, साउनदेखि १४ हजार २ सय - 2018-07-09
काठमाडौं : सरकारले आन्तरिक मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो ।

सवारी दुर्घटना : ११ महिनामा ५४ को मृत्यु - 2018-07-09
जनकपुरधामः चालू आर्थिक वर्षको ११ महिनामा धनुषामा २ सय ४६ सवारी दुर्घटना हुँदा ५४ जनाले ज्यान गुमाएका छन् । यी दुर्घटनामा २ सय ७६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

देशभर बदली, पूर्व र पश्चिममा भारी वर्षाको सम्भावना - 2018-07-09
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले एक सूचना जारी गर्दै ३ दिनको मौसमको अनुमान गरेको हो ।

बन संरक्षणमा महत्वपुर्ण भुमिका खेल्नेहरु लाइ सम्मान - 2018-07-08
रौतहट २४ असार // बन संरक्षणमा उत्कृष्ट कार्य गर्नेहरु लाइ जिल्ला वन कार्यालय रौतहटले पुरस्कार बितरण गरेको छ । आईतबार वन कार्यालय रौतहटले एक कार्यक्रम गरी प्रशंसा पत्र तथा नगद प्रदान गरेर पुरस्कृत गरेको हो ।

घरेलु मदिरा बिक्री गर्न खोज्ने ३६ जना पक्राउ - 2018-07-08
रौतहट २४ असार // ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अवैधरुपमा उत्पादन गरीएको घरेलु मदीरा बरामद गरी नष्ट गरेको छ ।

विश्वकप फुटबलमा बाजी लगाउने ४ जना पक्राउ - 2018-07-08
काठमाडौं : महागनरीय प्रहरी परिसर, काठमाडौंले विश्वकप फुटबलमा सट्टेबाजी खेलाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

एक करोड रुपैयाँसहित एक जना पक्राउ - 2018-07-08
पर्सा : प्रहरीले एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

हिलोले हुलाकी सडक ठप्प - 2018-07-08
जनकपुरधाम : तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक हिलोका कारण अवरुद्ध बनेको छ । एक सातादेखि निरन्तर भइरहेको वर्षाले हुलाकी सडक हिलाम्मे छन् । सिरहा र धनुषा खण्डमा ठूल्ठूला खाल्डा परेका छन् । केही भागमा मोटरसाइकल र साइकल चले पनि चारपांग्रे सवारी साधन चल्न सकेका छैनन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1263444 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top