समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

बारामा एक युवकको घाटी रेटी हत्या - 2017-07-29
कलमपाटी १३ साउन बाराको -निजगढ नगरपालिका ५ वागदेब गैरीटोलका १६ वर्षीय निशान्त सापकोटाको धारिलो हतियारले घाँटी रेटी हत्या भएको छ ।

फास्ट ट्रयाकको डीपीआर भारतकै १ - 2017-07-29
काठमाडौं १४ साउन तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भारतीय कम्पनीले तयार गरेकै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) किनेर उपयोग गर्नेबारे नेपाली सेनामा बहस सुरु भएको छ। चार वर्षमा निर्माण सक्ने गरी द्रुतमार्ग जिम्मा लिएको सेनाले भारतीय कम्पनीले पहिल्यै बनाएको डीपीआरबारे अध्ययनसमेत अघि बढाएको छ।

सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद - 2017-07-28
१३ साउन, चितवन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।

पढ्न पाउने शर्तमा किशोरीको विवाह - 2017-07-28
वीरगन्ज १३ साउन ‘अहिले उमेर भएको छैन बिहे गर्दिन भन्दा पनि बुबा आमाले मान्नु भएन, कक्षा ९ मा अध्ययनरत १५ वर्षीया गीता कुमारी ठाकुरले भनिन्, ‘अनि मैले पनि शर्त राखे, बिहे गर्ने नै हो भने मेरो पढाइ छुटाउन पाइदैन, मेरो शर्त बुबाआमाले मानेपछि मात्रै म बिहे गर्न राजी भएकी हुँ ।

एक किलो सुनसहित दुईजना पक्राउ - 2017-07-28
जिल्ला प्रहरी कार्यालय रौतहटले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला - 2017-07-28


चितुवाको छालासहित भक्तपुरबाट तीन पक्राउ - 2017-07-28
भक्तपुर १३ साउन प्रहरीले चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ ।

तिन हजार वालिकालाई साक्षर बनाउने अभियान शूरु - 2017-07-27
रौतहट, साउन १२ । नेपालको शैक्षिक सुचांक अनुसार रौतहट जिल्ला सवै भन्दा कम साक्षर भएको जिल्लाको सुचीमा रहेको छ । जिल्लालाई पुर्ण साक्षर बनाउने उदेश्यका साथ विश्व शिक्षाको सहयोग तथा ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा संग संगै परियोजना संचालन गरिएको छ ।

सेनाका दुई जवान जसले कलैया अस्पतालमा गर्भवती दुलारीको ज्यान बचाए - 2017-07-27
जिल्लामा रगत अभाव भएपछि विरामीको ज्यान बचाउने सेना प्रहरी भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679144 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top