समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

ठुलो मात्रामा विष्फोटक पदार्थ सहित पक्राउ परेकाहरु रिहा - 2017-08-09
ठुलो परीमाण मा बिष्फोटक पदार्थ सहित पक्राउ परेका विप्लव माओवादीका कार्यकर्ताहरु जिल्ला अदालतको आदेशले बुधवार धरौटिमा रिहा भएका छन ।

डुवेर बालिका मृत्यू घटनाको छानविन टोली रौतहटमा - 2017-08-08
नया सडक बनाउदा माटो झिकेको खाडलमा डुवेर चारजनाको मृत्यू भएको बिषयमा छानविन गर्न बनेको छानविनटोली मंगलवार रौतहट आइपुगेको छ ।

तीन वालिका दुइसाता देखी हराए - 2017-08-08
रौतहटको चन्द्रपुर नगरपालिका २ रैयाटोल बाट तीनजना बालिकाहरु हराइरहेका छन । स्थानिय चन्द्रपुर नपाको रैयाटोलका शंकर परीयारका १२ बर्षिया छोरी सरस्वती परीयार, ९ बर्षिया छोरी रोजीना परीयार र छिमेकी १२ बर्षिया सिसम राई दुइसाता देखि हराइरहेका हुन ।

माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु - 2017-08-08
करेन्ट लगाएर माछा मार्न खोज्दा दाङमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना निवासी २८ बर्षीय हेमन्त केसीको विद्युतको तारवाट खोलामा माछा मार्ने प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बडिमालिकामा मृत्यु भएका वडाध्यक्षको शव उठ्यो - 2017-08-08
बाजुराको बडिमालिका क्षेत्रमा रहेको रामबहादुर बोहोराको शव मंगलबार नेपाली सेनाको हेलिकप्टरले उठाएको छ

स्वाइन फ्लु होइन, कडा रुघाखोकीु - 2017-08-08
अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो

युएन पार्कको अतिक्रमण हटाउन मन्त्री साहको निर्देशन - 2017-08-08
संयुक्त राष्ट्रसंघ (युएन)पार्क काठमाडौं र ललितपुरको सीमानामा पर्दछ सो पार्कको स्वामित्वको जमिन पूर्ण रुपमा उपभोग गर्न सकिरहेको छैन । मन्त्री साहले पार्कको अतिक्रमण हटाउन समितीले योजना बनाएर लाग्नु पर्ने धारणा समेत राखेका छन ।

पौराइ पुलको बिचमा राखिएको फलाम प्रहरीले हटायो, दुर्घटनाको जोखीम टर्यो - 2017-08-07
रौतहटको पुर्व पस्चिम राजमार्ग अन्र्तगत पौराइ पुलमा पुल मर्मतगर्दा राखिएको फलामका कारण सवारी दुर्घटना हुनु खतरा बढेपछि सो फलाम प्रहरीले हटाएको छ ।

एक बर्षमा रौतहटमा हातहतियार सहित १४ जना समातिए - 2017-08-07
जिल्ला प्रहरी कार्यालय रौतहट गत आ.व.मा हातहतियार तथा गोली सहित १४ जना मानिसलाइ पक्राउ गरी कार्वाही गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679164 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top