समाज

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली



समाज प्रकाशित मिति: चितवन २८ मंसिर

गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

चौबिस कोठी भरतपुरबाट सुरु भएको सो र्‍याली लायन्स चोक ९नारायणगढ० मा पुगी कोण सभामा परिणत भएको थियो।

कार्यक्रम संयोजक सुराजन श्रेष्ठले खासगरी राँगाभैँसी, कुखुराजस्तो पशुपन्छीलाई ढुवानी गर्दा संवेदनशील हुने बताए। एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषय आजको युगको विषय भएको बताए। सजिलोसँग बाँच्न चाहने प्राणीलाई कष्टपूर्ण ढंगबाट ओसारपसार गर्ने काम बन्द गर्न उनले व्यावसायीहरूलाई आग्रह गरे।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको छ। संस्थाले स्वयंसेवकहरुको उपस्थिति र अरु संघसंस्थाको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था र युवायुवतीको सहभागिता रहेको थियो। साभार अनलाईन खबर

रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे - 2017-08-12
देवाहीगोनाही गाउँपालिका-२ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण फसेका छन्।

घर घरमा पानी पस्यो - 2017-08-12
अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ ।

निजगढमा बाढिका कारण महेन्द्र राजमार्ग अवरुद्ध - 2017-08-12
लगातारको वर्षापछि आएको वाढिका कारण आज विहानैबाट महेन्द्र राजमार्गको निजगढ क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

मोटरसाइकल चोरीमा संलग्न पक्राउ - 2017-08-11
रौतहटमा मोटरसाइकल चोरीमा सकृय रहेको एकसमुहलाइ प्रहरीले पक्राउ गरेको छ ।

बर्षाका कारण घर भत्कियो - 2017-08-11
केही दिन देखी लगातार परेको अबिरल बर्षातको कारण रौतहटको दुईवटा घर भत्किएका छन

ट्रक दुर्घटनामा दुईको मृत्यु - 2017-08-11
सिद्धार्थ राजमार्गको राम्दी–गल्याङ् खण्डमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु - 2017-08-11
सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ ।

शिक्षा कार्यालय रौतहटका सव इन्जिनियर पक्राउ - 2017-08-11
जिल्ला शिक्षा कार्यालय रौतहटका सब इन्जिनियर ललनकुमार सिंह लाइ अख्तियारको टोलीले पक्राउ गरेको छ । सिंह घुससहित गौर स्थित एक चिया पसल बाट पक्राउ परेको बताइएको छ ।

ट्याक्सी चढेर लुट्ने पक्राउ - 2017-08-11
यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



679182 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top