समाज

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ फागुन //
विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  पुर्व मन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।

समारोहका अतिथिहरुले समारोह आयोजना हुनु आफैमा गर्भको विषय भएको र यस्ता सराहनिय कार्य गर्ने संस्थाको प्रगति र उन्नति हुनुमा सबैको खुशि र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

आयोजित समारोहलाई आर्कषण बनाउन बजिकाञ्चल क्षेत्रबाट लोग भई रहेको विभिन्न सम्पदाहरु जस्तै हलो, जुवा, बेहुला बोक्ने पालकी, विभिन्न स्थानिय माटाका भाडाहरु लगायत दर्जन भन्दा बढि सामग्रीहरु प्रस्तुत गरिएको छ ।

बज्जिका भाषा, संस्कृतिको संरक्षण र विकासमा सहयोग गरेको भन्दै संस्थाले समारोह मार्फत २ दर्जन भन्दा बढि व्यक्तित्वहरु स्थानिय पहिर धोती एवम गमछा तथा सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमका संयोजक योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश नं. २ का विधायक डा.डिम्पल झा, जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र राय यादव, गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुर, कृषि विज्ञ डाक्टर श्री भगवान ठाकुर, राजपा प्रत्यासी ओम प्रकाश जयसवाल, राजपा नेता विन्देश्वर राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेल, बज्जिका भाषा विकास प्रतिष्ठान नेपालका अध्यक्ष रामसागर साह, नेपाल बज्जिका शिक्षक संघका अध्यक्ष सफिन्द्र राय यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पाण्डेय, आरडी सी नेपालका दिनेश यादव, आईएसडी नेपालका अध्यक्ष मुनिन्द्र ठाकुर, संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादव, महिला नेतृ गिता कुशवाहा लगायत हजारौंको सहभागिता रहेको थियो । 


चन्द्रनिगाहपुर सिटी जेसिजले बिभिन्न कार्यक्रम गर्ने - 2016-09-20
कलमपाटी ४ असोज चन्द्रनिगाहपुर सिटी जेसिजले सन २०१६ मा बिभिन्न सामाजीक तथा चेतनामुलक कार्यक्रम गर्ने घोषणा गरेको छ ।

घुस्याहा ओभरसियर पक्राउ - 2016-09-20
काठमाण्डौ ४ असोज काठमाण्डौ स्थित टोखा नगरपालिका मा कार्यरत ओभरसियर बुध्दीराज गुरुङ्ग घुस रकम सहित पक्राउ गरेका छन ।

बिष्फोट गराएको आरोपमा दुइ जना पक्राउ , दोषि लाइ कार्वाही नभए आन्दोलन गर्ने चेतावनी - 2016-09-20
काठमाण्डौ ४ असोज / काठमाण्डौका निजी विद्यालयरुमा बम विस्फोटन गराएको आरोपमा पक्राउ परेका संग अनुशन्धान भैइरहेको प्रहरीले जनाएको छ । काठमाडौंका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिक्रमसिंह थापाले पक्राउ परेका लाइ अनुशन्धान गरीरहेको जानकारी दिएका छन ।

आफन्तको सम्झनामा बिधालयलाइ सहयोग - 2016-09-20
रौतहट ४ असोज आफन्तको पुन्यतिथीको दिन पारेर रौतहटमा एउटा परीवारले बिधालय लाइ शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेका छन ।

काठमाण्डौका बोडिंग स्कुलहरुमा बम फेला - 2016-09-20
काठमाण्डौ ४ असोज काठमाण्डौको बिभिन्न बोडिंग स्कुलहरुको गेटमा बम फेला परेका छन । काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनोकामना स्कुलमा बम फेला परेको हो ।

नाम लेख्न जानियो, धेरै खुशी छौ - 2016-09-19
मध्य तराइ मधेशका जिल्लाहरुमा निरक्षर महिलाहरु धेरै छन उनीहरु शिक्षाको पहुच बाट बिभिन्न कारणले बन्चित हुदै आएका छन । अझ दलित समुदाय र गरीव परीवारका महिलाहरु शिक्षाबाट धेरै बन्चित छन । रौतहटको धेरै गाउमा महिलाहरुले पढ्न नजान्दा बिभिन्न समस्याहरु समेत भोग्दै आएका छन ।

लोकमानको फाइल मन्त्रिपरिषद् कार्यालयमै - 2016-09-19
असोज ३ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै रहेको खुलेको छ ।

गृहमन्त्रीको आदेश नमान्दा एसपीको सरुवा - 2016-09-19
काठमाडौं ३ असोज झै–झगडामा संलग्न कार्यकर्तालाई छाड्न नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन ।

रौतहटमा संबिधान दिवस मनाइयो - 2016-09-19
कलमपाटी ३ असोज जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा सोमवार बिहान संबिधान दिवस मनाइएको छ । लोकतन्त्रिक आन्दोलनमा साहदत्त प्राप्त गरेकाहरुको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर संबिधान दिवस मनाइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



782826 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top