समाज

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व: पूर्व मन्त्री झा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ फागुन //
विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास कार्यक्रममा भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  पुर्व मन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।

समारोहका अतिथिहरुले समारोह आयोजना हुनु आफैमा गर्भको विषय भएको र यस्ता सराहनिय कार्य गर्ने संस्थाको प्रगति र उन्नति हुनुमा सबैको खुशि र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

आयोजित समारोहलाई आर्कषण बनाउन बजिकाञ्चल क्षेत्रबाट लोग भई रहेको विभिन्न सम्पदाहरु जस्तै हलो, जुवा, बेहुला बोक्ने पालकी, विभिन्न स्थानिय माटाका भाडाहरु लगायत दर्जन भन्दा बढि सामग्रीहरु प्रस्तुत गरिएको छ ।

बज्जिका भाषा, संस्कृतिको संरक्षण र विकासमा सहयोग गरेको भन्दै संस्थाले समारोह मार्फत २ दर्जन भन्दा बढि व्यक्तित्वहरु स्थानिय पहिर धोती एवम गमछा तथा सम्मान पत्रबाट सम्मान गरेको छ ।

कार्यक्रमका संयोजक योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेश नं. २ का विधायक डा.डिम्पल झा, जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादव, माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र राय यादव, गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुर, कृषि विज्ञ डाक्टर श्री भगवान ठाकुर, राजपा प्रत्यासी ओम प्रकाश जयसवाल, राजपा नेता विन्देश्वर राय यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेवन्त झा, रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष अभिमनु कुमार पटेल, बज्जिका भाषा विकास प्रतिष्ठान नेपालका अध्यक्ष रामसागर साह, नेपाल बज्जिका शिक्षक संघका अध्यक्ष सफिन्द्र राय यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वर पाण्डेय, आरडी सी नेपालका दिनेश यादव, आईएसडी नेपालका अध्यक्ष मुनिन्द्र ठाकुर, संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादव, महिला नेतृ गिता कुशवाहा लगायत हजारौंको सहभागिता रहेको थियो । 


वोतल हानाहान गर्ने युवतीहरु पक्राउ - 2016-09-22
काठमाडौं ६ असोज प्रहरीले ललितपुर स्थित बालकुमारीमा रहेको एक डान्सबार बाट बुधबार राति ग्याङ्ग फाइट मा संलग्न युवतीहरु लाइ पक्राउ गरेको छ ।

राजधानी छिर्ने मुख्य नाका क्रसर व्यवसायीले बन्द गरे - 2016-09-22
काठमाण्डौ ६ असोज क्रसर उधोगमा काम गर्ने मजदुर लाइ स्थानिय प्रशासनले पक्राउ गरेको बिरोधमा धादिङ्ग स्थित पृथ्वी राजमार्गमा अवरोध गरीएको छ ।

आधा दर्जन शव मलेसियामा अलपत्र - 2016-09-22
क्वालालम्पुरः अवैधानिक रूपमा रोजगारीमा रहेकै अवस्थामा मृत्यु भएका आठ नेपालीको शव मलेसियाका विभिन्न अस्पतालमा अलपत्र परेका छन् । आर्थिक अभावका कारण ती शव नेपाल पठाउन समस्या भएको नेपाली दूतावास मलेसियाले जनाएको छ । मृत्यु भएको १ वर्ष भइसक्दा पनि उनीहरूको शव नेपाल पठाउन सकिएको छैन ।

बालिकाहरु लाइ वलत्कार गरी हत्या गर्ने एक युवक जेल चलान - 2016-09-21
रौतहट ५ असोज बालिकाहरु लाइ अपहरण गरी बलत्कार गर्ने र हत्या गर्ने एक युवक लाइ जिल्ला अदालत रौतहटले बुधवार पुर्पक्षका लागी जेल चलान गरेको छ ।

करोडौ रकम खर्चेका ग्रामिण सडकहरु जीर्ण - 2016-09-21
रौतहटका ग्रामिण भेगहरुमा बर्षेनी करोडौ रकम खर्च गरेर सडक मर्मत गरेको बताए पनि स्थानियले सहजरुपमा आवतजावत गर्न पाएका छैनन । जिल्लामा अधिकाश गाउका बाटोहरु सामान्य पानी पर्ना साथ हिलाम्मे हुने गरेको छ ।

मुसहर बिधार्थीको पढाइमा सहयोग - 2016-09-21
जनकपुर ५ असोज /तराई मधेसमा अत्यन्त पिछडिएको मुसहर जातीका ६१ जना विद्यार्थी लाइ उच्च शिक्षा अध्ययन गर्न सहयोग गरीएको छ । भोर नामक एक गैर सरकारी सस्थाले उनीहरुको अध्ययनका लागी ५१ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

सशस्त्र प्रहरीमा इस्पेक्टर र असइको भर्ना खुल्यो - 2016-09-21
काठमाण्डौ ५ असोज सशस्त्र बलमा इस्पेक्टर र असइ पदमा भर्ना खुलेको छ । सशस्त्र प्रहरीले विज्ञापन प्रकाशित गर्दै ९० जना प्रहरी अधिकृतको लागी भर्ना खुल्ला गरेको हो । ५४ जना इस्पेक्टर र ३६ असइका लागी भर्ना माग गरीएको हो ।

अनुशन्धान रोकिदैन :अख्तियार , कुरा मिलिसक्यो : प्रधानमन्त्री - 2016-09-21


चट्याङ पर्दा सावधानी अपनाऔ ! - 2016-09-20
पछिल्ला केहि दिन यता तराइ मधेश तथा पहाडी भेगमा चट्याङ परेर मानिस त्रसित छन । चट्याङले बर्षेनी नेपालमा धेरै मान्छेको ज्यान लिइरहेको छ । सावधानी अपनाउन सके चट्याङबाट हुने जोखिमबाट बंच्न सकिने जानकारहरुले बताउदै आएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



782819 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top