मनोरञ्जन

नाम मात्रका टाइगर ! प्रेमिकासँग यसरी हुन्छन् थुरथुर



मनोरञ्जन प्रकाशित मिति:

बलिउड कलाकार टाइगर श्राफ र दिशा पटानी बीचको अफेयर त बच्चाहरुलाई पनि थाहा भइसक्यो । तर, आफ्नो ब्वाइफ्रेन्डलाई दिशाले कतिसम्म कन्ट्रोलमा राखेकी रहिछन् भन्ने थाहा पाएर तपाईं अचम्भित बन्नुहुनेछ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिशाले टाइगरका हरेक कुरामा निगरानी राख्छिन् । यतिसम्म कि उनी हरेक दिन टाइगरको फोन चेक गर्छिन् । उनले गर्ने फोन कल, म्यासेजको डिटेल हेर्छिन् ।
टाइगरले अरु कुनै अभिनेत्रीसँग टच गरेर बोलेको उनलाई मन पर्दैन । यही विषयमा उनीहरुबीच बारम्बार ठाकठुक पर्ने गरेको बताइन्छ । यति मात्र होइन, टाइगरले कुनै युवतीको फोटोमा लाइक गरे वा प्रशंसायुक्त कमेन्ट गरे भने पनि उनी सहन्नन् रे ।
टाइगर पनि प्रेमिकासँग थुरथुर हुन्छन् । उनी दिशाको कुनै पनि कुरा काट्दैनन् । दिशालाई नसोधी उनी कुनै फिल्म साइन गर्दैनन् । ज्यादै सुन्दरी भएकाले दिशालाई अरुले नै खोस्ला कि भन्ने भय उनलाई छ ।
टाइगर र दिशा पछिल्लो तीन वर्षदेखि रिलेसनसीपमा छन् । उनीहरुले सार्वजनिक रुपमा आफूहरुबीच प्रेम रहेको भने स्वीकारेका छैनन् । तर, धेरै ठाउँमा नारिएर हिडेको अवस्थामा मिडियाको क्यामरामा कैद भएका छन् ।, यो जोडीले अभिनय गरेको फिल्म बागी २ चाँडै रिलिज हुन लागेको छ । साभार अनलाईन खबर
विवाहपछि पहिलोपटक स्टेजमा नाचिन् अनुश्का - 2018-01-30
केही दिनअघि बिराट कोहलीसाग बिहे गरेकी बलिउड अभिनेत्री अनुष्का शर्मा अनुश्का शर्मा हालै मुम्बईमा ठुम्का नाच्दै गरेको भेटिइन् । विवाहपछि उनी पहिलोपटक स्टेजमा प्रस्तुत भएकी हुन् ।

फेरि शाहिद र करिनाले रोमान्स गर्ने ? - 2018-01-30
कतिलाई हेक्का होला, शाहिद कपुर र करिना कपुरबीच कुनैबेला ‘इलुइलु’ थियो । यो जोडीको रोमान्सको चर्चा उनीहरुमा मात्र सीमित थिएन, दुनियाले देखिसकेका थिए ।

प्रियंकाको यस्ता तस्बिर जसले उडाउन सक्छ धेरैको होस ! - 2018-01-26
बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल अभिनेत्री हुन् प्रियंका चोपडा । प्रियंकाले बलिउड र हलिउड दुबैमा नाम कमाएकी छन् । प्रियंकाले छोटो समयमै अभिनयमा नाम र दाम दुबै कमाएकी छन् । त्यसैले पनि उनी धेरै देशमा चिनिएकी छन् ।

यी अभिनेत्री जसलाई रामगोपालले दिए ब्रेक - 2018-01-24
बलिउडका चर्चित निर्देशक रामगोपाल बर्माको आउँदो चलचित्र ‘गड सेक्स एण्ड ट्रुथ’का टे«लर रिलिज भएको छ । चलचित्रमा अमेरिकी पोर्न स्टार मिया मलकोवाले डेब्यु गरेकी छन् ।

सुरुमा पछि परेको रियल मड्रिडले गर्‍यो ७ गोल - 2018-01-22
काठमाडौं : ला लिगाको यस सिजनमा उपाधि होडमा निरन्तर पछाडि परिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबारको खेलमा यस सिजनकै सानदार जित निकाल्न सफल भएको छ।

‘फ्यानकै कारण धुर्मुससँग विवाह’ - 2018-01-20
कसैले हेरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो जब म ‘मेरी बास्सै’मा सुन्तलीको भूमिकामा अभिनय गर्न थालेँ, सुरुका दिनमा म दर्शकहरूसँग घुलमिल भइसकेको अवस्था थिएन । जसले गर्दा सुरुसुरुमा कसैले मलाई हेरिदिए हुन्थ्यो, मैले सिरियलमा अभिनय गरेर बाहिर चिनेका छन् कि छैनन् भन्ने लाग्थ्यो ।

विराटलार्इ फापेकी अनुष्का - 2018-01-19
भनिन्छ ‘हरेक सफल मानिसको पछाडि कुनै न कुनै महिलाको हात हुन्छ’। हाम्रा पूर्वजको यो उखान हुबहु लागू हुन्छ, भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमा ।

मलाइकाले सार्वजनिक गरिन् हट तस्बिर - 2018-01-09
बलिउड नायिका मलाईका अरोराले ४४ वर्षमा नयाँ बिकिनी तस्विर सार्वजनिक गरेकी छिन् । सेतो बिकिनीमा गोवाको समुन्द्रमा रमाउदै गरेको तस्वीर उनले इन्स्ट्राग्राममा शेयर गरेकी छिन् । उनको त्यहि तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

स्कुलमा ‘लेडी गुण्डा’ले परिचित विपाशा - 2018-01-08
कुनै समय बलिउडमा बोल्ड एण्ड ब्युटि भनेर चिनिने नायिका विपाशा बसु अहिले गुमनाम छिन् । पछिल्लो हिन्दी चलचित्र ‘अलोन’ पछि उनको कुनै पनि प्रोजेक्टमा देखिएकी छैनन् । उनी मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

English News



782084 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top