मनोरञ्जन

के सलमानको फिल्ममा काम गर्दैछिन् जेनिशा ?



मनोरञ्जन प्रकाशित मिति:

नेपाली चलचित्रमा खासै सफल हुन नसकेपछि बलिउडमा जम्ने सोचका साथ नायिका जेनिशा केसी लामो समयदेखि मुम्बइमा छिन् ।

उनले, मुम्बइ पुगेर बलिउड चलचित्रमा काम गर्न संघर्ष गरिरहेकी छिन् । यो विचमा उनले केहि भोजपुरी चलचित्रमा पनि काम गरेकी छिन् ।

उनै, नायिकाले बलिउडका सुपरस्टार नायक सलमान खानसँग भेट गरेकी छिन् । जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै नेपाली सुन्दरीले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन् ।

सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् । सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए ।

के तपाई सलमानसँग काम गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा जेनिशाले अहिले नै केहि बताउन नमिल्ने बताइन् । तर, सलमानसँगको यो भेट तस्बिर खिच्नकै लागि मात्र नभएको जेनिशाको भनाई छ ।साभार अनलाईन खबर

हरेक नेपालीले हेर्नैपर्ने चलचित्र ‘मेरो देश’ फागुन ७ गते देखी - 2016-12-11
काठमाण्डौ २६ मंसिर/ साना देखी ठुला सम्म, स्वदेश देखी परदेश सम्म हरेक नेपालीले हेर्नै पर्ने चलचित्र ‘मेरो देश’ भन्ने स्लोगन बोकेर आउदो फागुन ७ गते देखी देशभर प्रर्दशनमा आउदै छ ।

धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर - 2016-12-10
कलमपाटी २५ मंसिर बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म “ज्योति” हेर्न जनसागर उर्लिएको छ ।

मलेसियामा ख्याती कमाउदै ज्ञान सुनार - 2016-12-06
कलमपाटी २१ मंसिर पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरे पनि नेपालको माया ,मोह कहिलै कम हुदैन । यसको ज्वलन्त उदारहण हुन् ।

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी - 2016-11-29
नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन । जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन ।

बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा - 2016-11-19
कलमपाटी ४ मंसिर हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन् । बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव रहेको भन्दै उनीहरुले त्यसका लागि नयाँ अभियानको सुरुवात गरेको बताएका छन् ।

बाङ्गो कुरा प्रधानमन्त्री संग कार्यक्रम शुरु - 2016-11-03
कलमपाटी १८ कार्तिक नेपालका सबैभन्दा कान्छो पत्रकारको सम्मान पाइसकेका सुजन आचार्यले बाङ्गो कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सञ्चालन गर्न सुरु गरेका छन् । नक्कली प्रचण्ड बनेर अभिनय गर्दै आएका कलाकार घनश्याम गौतमसँग मिलेर सुजनले कमेडी बहस सुरु गरेका हुन् । सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको नक्कल गर्दै बाङ्गो कुरा प्रधानमन्त्रीसँग नाम राखेर उनीहरुले कमेडी गर्ने प्रयास गरेका छन् ।

हनुमानजीसँग किन डराउँछ भष्मे डन ? - 2016-11-03
चलचित्र ‘पशुपति प्रसाद’ले दर्शकको निकै माया पायो । बिपीन कार्कीलाई यो फिल्मले भष्मे डनको नयाँ परिचय दियो ।

हांस्य कलाकार हरिवंशको नजरमा पापी पैसा - 2016-10-28
काठमाण्डौ १२ कार्तिक कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो ।

चन्द्रनिगाहपुरमा - 2016-10-25
कलमपाटी ९ कार्तिक देशको समसामयिक बिषयमा निमार्ण भएको नेपाली चलचित्र मेरो देशको रौतहटमा च्यारेटी शो गरीने भएको छ । रौतहट चन्द्रनिगाहपुरका युवा व्यवसायी सुरेन्द्र सापकोटा ले निमार्ण गरेको चलचित्र मेरो देश लाइ चन्द्रनिगाहपुर सिटी जेसिजले कार्तिक ११ गते ब्रोसिस सिनेमा हलमा दिउसो र वेलुका गरी दुइ शो देखाउने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT

English News



681189 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top