logo
15 Oct 2018   |   
मनोरञ्जन

चन्द्रपुरमा प्रमोद खरेलको म बिना कसैकसैलाई....



मनोरञ्जन   102 पटक पढिएको   कलमपाटी     
रौतहट २९ असोज// चन्द्रनिगाहपुर यूवा समुहको चौथो प्रस्तुती दशै तिहार उत्सवमा आईतबार साझ विभिन्न कलाकारहरुले प्रस्तुती दिए । मेन चोक नजिकको मैदानमा उत्सवका लागी बनाईएको स्टेज अगाडी गायक प्रमोद खरेल आउने भने पछि दर्शकको भिड लागेको थियो ।

चन्द्रपुरमा प्रमोद खरेलको म बिना कसैकसैलाई....



सा“झ पर्दै मञ्च वरपर दर्शकको भिड लागीसकेको थियो । हास्यकलाकार निशान्त कटुवालले बलिउड कलाकार शलमान खान, शन्नि देवल, सुनिल सेठी लगायतको क्यारीकेचर गरेर दर्शकलाइ मनोरन्जन दिए  । 

उनले प्रधानमन्त्री केपि शर्मा ओली र काग्रेस सभापति शेरबहादुर देउवाको समेत केचर गरे । 

त्यस पछि मञ्चमा गायीका जुन प्रसाई देखा परिन उनले ‘लैजाउ घुमाउन मलाई ठमेल बजार’ जस्ता बिभिन्न रिमिक्स गित गाएर दर्शको मन जितीन ।

 कान्छो गायक आरके क्षत्रिले पनि दर्शकलाई नचाए ।

 गायक प्रमोद ‘माया गर्ने मुटु नै हो’ भन्ने गीत गाउ“दै मञ्चमा आइपुगे  पछि दर्शकहरु  हुटिङ गर्न बाध्य भए ।

परपर बसेका  दर्शक समेत कुदाकुद गरी मञ्च तिर दौडिए ।

 त्यस पछि ‘म बिना कसैकसैको मुस्किल छ पोखरा’ गित गाएर प्रमेदले दर्शकलाई निकै नचाए ।

 प्रमोद संगै दर्शक पनि गाउन थाले । त्यसै बिच उनले ‘ओई झुमा ओई झुमा ओई झुम्का वाली’ गित गाउदा दर्शकको हुटिङ बेल्लै थियो । दर्शकको नाच बढीरहेको थियो ।

 गायक प्रमोदले  ‘चल बतास चल’ ‘उस्ले जति माया’ जस्ता हिट गित गाए । 

कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको आयोजक समुहका अध्यक्ष रवि राना मगरले बताएका छन ।

कार्यक्रममा स्थानिय कलाकारहरुले समेत आ आफ्ना प्रस्तुती दिएका थिए ।











1774000 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top