प्रचण्डले दिए छोरालार्इ दागबत्ती

समाज

घर हिँडेका यूवामाथि गोली प्रहार



समाज प्रकाशित मिति:

सिरहाः
सिरहाको धनगढीमाई १३ भर्लेनीमा गोली लागि एक युवक घाइते भएका छन ।
 घनगढी बजारबाट स. ८ प ३१९१ नम्वरको मोटरसाइकलमा चढी भर्लेनी १३ घर गईरहेको बेला शुक्रवार राती ३० वर्र्षीय प्रदीप यादवमाथि बाटोमा ४-५ जनाको समूहमा रहेकाले गोली प्रहार गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यादवको बायाँहातको हत्केलामा गोलीका छर्राहरु लागेको प्रहरीले जनाएको छ ।

उहाँकोे स्थानीय सास्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर लगेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धनमा असरपर्ने भन्दै उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

यता आफूमाथि गोली प्रहार गर्नेमध्ये दुई जनालाई चिनेको घाइते यदवलाई उद्धृत गर्दै उनका आफन्तले जनाएको छ ।  साभार रातोपाटी
होटलमा सांसदलाई छुटः भातमा १५, कोठामा ४० प्रतिशत - 2018-02-01
हेटौंडा : प्रदेशसभाको बैठकमा सहभागी हुन हेटौंडा आइपुगेका सांसदहरुलाई स्थानीय होटल व्यवसायीले खानामा ४० प्रतिशत छुट दिने घोषणा गरेका छन् । त्यसैगरी रुममा लाग्ने शुल्कमा पनि १५ प्रतिशत छुट दिने भएका छन् ।

रौतहट खुल्ला दिशामुक्त नहुनुको बाधक को ? - 2018-01-31
रौतहट जिल्लालाई समयमै खुल्ला दिशामुक्त जिल्ला बनाउने अभियानको वाधक सरकारी कर्मचारी, गैसस र जनप्रतिनिधिनै भएको पाईएको छ ।

मौलापुर मालपोतमा सेवाग्रहीले दुःख पाए - 2018-01-31
रौतहट १७ माघ // मौलापुरमा रहेको मालपोत कार्यालयमा सेवाग्रहीले खुःख पाएको गुनासो बढेको छ । मालपोत का तल्ला तहका कर्मचारी देखी हाकिम सम्मले पैसा नलिइ काम नगर्ने गरेको सेवाग्रहीले गुनासो गरेका छन ।

जुवा खालबाट प्रहरीले नै साढे चार लाख र मोबाइल लुटेपछि... - 2018-01-31
काठमाडौं : कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्क्याएर पैसा लुटेपछि प्रहरीका सई र जवान कारबाहीमा परेका छन्। सोमबारपीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि घटनाको पोल खुलेको हो।

आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने - 2018-01-31
काठमाडौँ : आज साँझ खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ।

खैरो हिरोइन कारोबारको अखडा बन्दै पथरी - 2018-01-31
विराटनगर : मोरङको पथरी बजार लागूऔषध खैरो हिरोइनको कारोबार गर्ने अखडा बन्दै गएको पाइएको छ।कारोबारमा संलग्नले प्रहरीको आँखा छलेर लामो समयदेखि पथरी बजारलाई मुख्य प्वाइन्ट बनाएर खैरो हिरोइनको व्यापार गर्दै आएको पत्ता लागेको हो।

लक्ष्य भन्दा कम राजश्व उठ्यो - 2018-01-31
गौर भन्सार कार्यालयले आफ्नो लक्ष्यभन्दा धेरै कम राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि वार्षिक १७ करोड ४४ लाख रुपैया राजश्व उठाउने लक्ष्य लिएको गौर भन्सार कार्यालयले कम राजश्व संकलन गरेको छ ।

पोखरीमा डुबेर महिलाको मृत्यु - 2018-01-31
गौशाला : महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए।

सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँमै दक्ष चिकित्सकको सेवा - 2018-01-30
सिमरा : जिल्लाको केन्द्रका रूपमा रहेको सिमरा स्वास्थ्य केन्द्रमा पाँच रुपैयाँ शुल्कले दक्ष चिकित्सकबाट उपचार हुन थालेपछि स्थानीय लाभान्वित भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1272398 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top