चन्द्रनिगाहपुरमा बम बिस्फोट १२ जना घाइते

समाज

पप्पुका संचालक पक्राउ गर्न अदालत द्धारा प्रहरी लाइ अनुमती



समाज प्रकाशित मिति: राकेश यादव

रौतहट ९ असोज ।
पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न जिल्ला अदालत द्धारा प्रहरी लाइ अनुमती पूर्जी जारी गरेको छ ।

एक महिना अघि भदौ ९ गते रौतहटको गौर नगरपालिका वडा नं. ४ मा रहेको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागी पप्पु कन्सन्ट्रक्सनका प्रमुख सुमित रौनियारलाई पटक पटक बोलाउदा पनि उपस्थीत नभएको कारणले पक्राउ पूर्जी जारी गरिएको हो । 

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको थियो । निर्माधाीन पुलको पिल्लरमा ठोक्कीएर डुङ्गा फुटदा सो दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानियले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सन विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दा दायर भएको एक महिना पछि पनि प्रहरीको ताकेदा नमान्दै अनुसन्धानका लागी आउन नमान्ने कम्पनीका प्रमुखलाई पक्राउ गर्न  पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत भन्दा पनि कम काम सम्पन्न भएको छ । पुल बनाउने जिम्मा पाएको पप्पु कन्सन्ट्रकसनले म्याद सकि सक्दा समेत पाँच वटा पिल्लर बाहेक अरु केही बनाउन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गएिको थियो ।

२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घाट स्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए ।



मदिरा ओसारपसार गर्ने छ जना पक्राउ - 2018-04-09
राजविराज : नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।

पहिलो चरणको काम सम्पन्न गर्न नसकेको कालिका कन्स्ट्रक्सनलाई दोस्रो चरणको कामको जिम्मेवारी - 2018-04-09
वीरगञ्ज : एडिबी, नेपाल सरकार तथा वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा वीरगंजमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम सम्पन्न हुन नसक्दै पुनः दोस्रो चरणको कामको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको छ ।

फर्निचर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति - 2018-04-09
राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा आइतबार राति आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ।

गैससको रौतहट अध्यक्षमा यादव - 2018-04-08
रौतहट २५ चैत्र // गैर सरकारी सस्था महासघ रौतहटको आठौ जिल्ला अधिवेशनले राम पुकार यादवको अध्यक्षतामा नया कार्य समिती चयन गरेको छ ।

टेक्टर दुर्घटनामा दुइ जना बालकको मृत्यू - 2018-04-08
रौतहट २५ चैत्र // रौतहटको गढीमाई नगरपालिकामा टेक्टर दुर्घटना भइ च्यापिएर आइतवार दुईजना वालकको ज्यान गएको छ ।

रोकिएन लागूऔषध कारोबार - 2018-04-08
पर्सा : लागूऔषध भित्र्याएको आरोपमा प्रहरीले सोमबार वीरगन्ज महानगरपालिका–२ स्थित श्रीराम हल अगाडिबाट ६२ वर्षीय तसलिम शेखलाई पक्राउ गर्‍यो ।

करेन्ट लागेर महिलाको मृत्यु - 2018-04-08
सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

क्रिकेट रंगशाला बनाउने ठाउँ हेर्न धुर्मुसको टोली पोखरामा - 2018-04-07
पोखरा : क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा लागेका कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेको छ ।

सिमरा–कोल्हवी सडक खण्ड कालोपत्रे गर्ने काम शुरु - 2018-04-07
सिमरा : बाराको सिमरा–कोल्हवी सडक खण्ड अन्तर्गत सिमरा देखि मनहर्वा सम्म निर्माण भइरहेको पक्कि सडक कालोपत्रे गर्ने काम तिव्रताका साथ अघि बढ्ने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 NEXT

English News



1713995 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top