चन्द्रनिगाहपुरमा बम बिस्फोट १२ जना घाइते

समाज

पप्पुका संचालक पक्राउ गर्न अदालत द्धारा प्रहरी लाइ अनुमती



समाज प्रकाशित मिति: राकेश यादव

रौतहट ९ असोज ।
पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न जिल्ला अदालत द्धारा प्रहरी लाइ अनुमती पूर्जी जारी गरेको छ ।

एक महिना अघि भदौ ९ गते रौतहटको गौर नगरपालिका वडा नं. ४ मा रहेको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागी पप्पु कन्सन्ट्रक्सनका प्रमुख सुमित रौनियारलाई पटक पटक बोलाउदा पनि उपस्थीत नभएको कारणले पक्राउ पूर्जी जारी गरिएको हो । 

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको थियो । निर्माधाीन पुलको पिल्लरमा ठोक्कीएर डुङ्गा फुटदा सो दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानियले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सन विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दा दायर भएको एक महिना पछि पनि प्रहरीको ताकेदा नमान्दै अनुसन्धानका लागी आउन नमान्ने कम्पनीका प्रमुखलाई पक्राउ गर्न  पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत भन्दा पनि कम काम सम्पन्न भएको छ । पुल बनाउने जिम्मा पाएको पप्पु कन्सन्ट्रकसनले म्याद सकि सक्दा समेत पाँच वटा पिल्लर बाहेक अरु केही बनाउन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गएिको थियो ।

२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घाट स्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए ।



सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद - 2017-07-28
१३ साउन, चितवन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।

पढ्न पाउने शर्तमा किशोरीको विवाह - 2017-07-28
वीरगन्ज १३ साउन ‘अहिले उमेर भएको छैन बिहे गर्दिन भन्दा पनि बुबा आमाले मान्नु भएन, कक्षा ९ मा अध्ययनरत १५ वर्षीया गीता कुमारी ठाकुरले भनिन्, ‘अनि मैले पनि शर्त राखे, बिहे गर्ने नै हो भने मेरो पढाइ छुटाउन पाइदैन, मेरो शर्त बुबाआमाले मानेपछि मात्रै म बिहे गर्न राजी भएकी हुँ ।

एक किलो सुनसहित दुईजना पक्राउ - 2017-07-28
जिल्ला प्रहरी कार्यालय रौतहटले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला - 2017-07-28


चितुवाको छालासहित भक्तपुरबाट तीन पक्राउ - 2017-07-28
भक्तपुर १३ साउन प्रहरीले चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ ।

तिन हजार वालिकालाई साक्षर बनाउने अभियान शूरु - 2017-07-27
रौतहट, साउन १२ । नेपालको शैक्षिक सुचांक अनुसार रौतहट जिल्ला सवै भन्दा कम साक्षर भएको जिल्लाको सुचीमा रहेको छ । जिल्लालाई पुर्ण साक्षर बनाउने उदेश्यका साथ विश्व शिक्षाको सहयोग तथा ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा संग संगै परियोजना संचालन गरिएको छ ।

सेनाका दुई जवान जसले कलैया अस्पतालमा गर्भवती दुलारीको ज्यान बचाए - 2017-07-27
जिल्लामा रगत अभाव भएपछि विरामीको ज्यान बचाउने सेना प्रहरी भएका छन् ।

पथलैयामा टाटासुमो दुर्घटना, ९ जना घाईते - 2017-07-27
सिमरा १२ साउन बाराको जीतपुरसिमरा १ पथलैया नजिक दुधौरा पुलमा आज विहान टाटासुमो दुर्घटनामा हुँदा ९ जना घाईते भएका छन् ।

खुर्पा प्रहारबाट पनौतीमा श्रीमान्को मृत्यु - 2017-07-27
बनेपा १२ साउन/ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 NEXT

English News



1713987 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top