logo
20 Jan 2019   |   
समाज

चन्द्रपुर १ मा जेष्ठ नागरीकलाइ कम्वल बितरण



समाज   22 पटक पढिएको   कलमपाटी     
रौतहट ६ माघ रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ ले आइतवार जेष्ठ नागरिक न्यानो कपडा बितरण गरेको छ । चन्द्रपुर नगरपालिकाको वडानम्बर १ को यस आर्थीक बर्षमा बिनियोजित बजेट बाट कम्बल बितरण गरिएको हो ।

चन्द्रपुर १ मा जेष्ठ नागरीकलाइ कम्वल बितरण


१ नम्बर वडा भित्रका ७० बर्ष भन्दा माथिका ३ सय जना जेष्ठ नागरिक लाई कम्बल बितरण गरिएको वडा अध्यक्ष बिरु रखालले जानकारी दिएका छन ।

कम्बल बितरण कार्यक्रममाको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले उदघाटन गर्दै बृद्धबृद्धा नागरिकको सम्मानमा नगरपालिका सदैब रहने बताएका छन ।

आगामी दिनमा चन्द्रपुर नगरपालिका भित्रका जेष्ठ नागरिकको संरक्षणका लागी नगरपालिकाले नीति बनाइने समेत मेयर चौधरीले बताएका छन ।

सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले जेष्ठ नागरिकहरु लाई सम्मान, आदर र सहयोगी भुमिकामा हामी सबै रहनु पर्ने बताएकी छिन ।





 सो कार्यक्रममा श्री माध्यमिक बिद्यालयका पाध्यानाध्यापक गोपीकृष्ण खनाल, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक युबराज खडका, प्रमुख प्रशासकिय अधिकृत ऋदी पसाद सिटौला, समाजसेबी सुर्य बिक्रम कार्की, संचारकर्मी सञ्जय कार्की, फणि महत को उपस्थिती रहेको थियो ।

कार्यक्रममा बडा अध्यक्ष रखालले जेष्ठ नागरीकहरु लाइ आगामी दिनहरुमा स्वास्थ्यको शिविर संचालन गर्ने, बिमाको व्यवस्था गरीने समेत बताएका छन ।






मगलपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले जेष्ठ नागरीकहरु को रक्तचापको परिक्षण समेत गरेको थियो । एकसय भन्द्या बढीको रक्तचाप परिक्षण गरीरहेको स्वास्थ्यकर्मी जयनारायण पौडेलले जानकारी दिएका छन ।

कार्यक्रममा ९९ बर्षिया खड्ग माया ढुगेल , ९७ बर्षिया कृष्ण बहादुर कामी  लाइ दोसल्ला ओडाएर सम्मान समेत गरीएको थियो ।












2299050 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top