समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
मुसहरका झुपडी जीर्ण,कष्टकर जीवन जीउदै - 2016-10-30
कलमपाटी १४ कार्तिक /रौतहटका अधिकाश मुसहरको झुपडी जीर्ण हुदा उनीहरु कष्टकर जीवन जीउन बाध्य छन । गरीवि निवारण कोष तथा अन्य निकायले बर्षेनी करोडौ रुपैया गरीवी हटाउनका लागी जिल्लामा खर्च गर्दै आएपनि उनीहरुको जीवनस्तर उस्ताको उस्तै छ ।

गृहमन्त्रीलाई विवादमा पार्ने जैन परीवार जेल चलान - 2016-10-29
बिरगज १३ कार्तिक / हुण्डी कारोवार गरेको आरोपमा पक्राउ परेका जैन परीवार लाइ छोड्न गृहमन्त्री बिमलेन्द्र निधीले दवाव दिएको भन्ने समाचार सार्वजनिक भएको थियो ।

पुलिस देखेपछि हामफाल्दा युवतीको मृत्यु - 2016-10-29
तुलसीपुर: इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको एउटा टोली गस्तीमा निस्केको थियो ।

महोत्तरीमा लाखौको पटका बरामद - 2016-10-28
कलमपाटी १२ कार्तिक भन्सार छलेर ल्याएको लाखौं मूल्य बराबरका भारतीय पटाका सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बिहीबार साँझ बरामद गरेको छ ।

बालविवाह रोक्न सचेतना कार्यक्रम - 2016-10-28
कलमपाटी १२ कार्तिक / बालविवाह र दाईजो प्रथालाई न्युनिकरणका गर्नका लागी गाउगाउमा सचेतनाका कार्यक्रमहुदै आएका छन ।

एमाले नगर कमिटीले सिचाइमा ज्ञापन पत्र बुझायो - 2016-10-28
कलमपाटी १२ कार्तिक नहर मर्मत र निमार्णको नाममा बैकल्पिक व्यवस्था नगरी बर्षेनी नहरमा पानी बन्द गरेपछि नेकपा एमाले चन्द्रपुरले बागमती सिचाइ आयोजनाको ध्यानाकर्षण गराएको छ ।

बिजयपुरमा सरकारी कार्यालयहरुको शिविर - 2016-10-28
कलमपाटी १२ कार्तिक रौतहटको बिजयपुर मा एकिकृत घुम्तीशेवा शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला बिकास समितिद्धारा बिहिवार संचालन गरीएको शिविरमा हजार भन्दा बढी सेवाग्रहीले सेवा पाएका छन ।

धम्क्याएर ५० लाख माग्ने पुर्पक्षका लागी जेल चलान - 2016-10-27
कलमपाटी ११ कार्तिक / धम्क्याएर लाखौ रकम चन्दा माग्ने दुईजना लाइ जिल्ला अदालत रौतहटले पुर्पक्षका लागी कारागारमा राख्ने आदेश दिएको छ । जिल्ला रौतहट मुडबला गा.बि.स.३ का २६ बर्षिय को मुन्ना कुमार यादव र रौतहट बगही गाबिस १ का ३७ बर्षिय अवधलाल महत्तोलाई पुर्पक्षका लागी कारागार चलान गरेको हो ।

गौरमा रहेको बरहवा ताल समुदाय लाइ हस्तान्तरण - 2016-10-26
रौतहट १० कार्तिक नेपाली सेनाले मर्मत र सौर्दयीकरण गर्दै आएको गौर स्थित बरहवा ताल बुधवार समुदाय लाइ हस्तान्तरण गरीएको छ । बनमन्त्री शंकर भण्डारीको उपस्थितीमा नेपाली सेनाले रौतहटको गौरमा रहेको बरहवा ताल समुदाय लाइ हस्तान्तरण गरीएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785066 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top