समाज

घर भित्र हराइरहेका महिलाहरु पछिल्लो समयमा चुुनाव प्रचार अभियानमा सकृय हुदै



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ७ मंसीर //
हिजोको दिनहरुमा धुम्टो ओडेर घर भित्र दिन बिताउने महिलाहरु अहिले चुनाव प्रचारप्रसारमा खुलेर सडकमा निस्कन थालेका छन ।

स्थानिय तहमा महिलालाई बिभिन्न स्थान तोकिनुु र महीला हक संम्बन्धि चेतना बढदै गएकाले रौतहटका महिलाहरुमा सामाजिक तथा राजनैतिक चेतना बढेको छ ।

रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ क्षेत्रमा सयौ महिलाहरु चुनाव प्रचारप्रसार अभियानमा सकृय छन ।

 महिला समुुह,चौधरी समुुदायकी महिला छुुटाछुुटै समुह बनाई घरदैलोमा ब्यस्त रहेका देखिन्छन ।

नेकपा एमाले पार्टीको गुुजरा नगरपालिकाको मेयर प्रत्यासी रामेश्वरी बण्ठा महिलाको समुह बनाई  दुुईसाता देखी गाँउगाँउ व्यस्त छन ।

यस्तै देवाही गोनाही नगरपालिकाकी उप मेयर सुुनैना देवी पटेल पनि  महिलाको समुह बनाएर गत २७ गतेदेखी घरदैलोमा लागेका छिन । महिला अधिकारको रक्षा,मधेशीको अधिकार,संबिधान संसोधन लगायतका समस्या बाम गठबन्धन बाट मात्र सम्भव हुुने भएकाले आफुुहरु दुुईतिहाईको लागी मत मागी हिडेको उपमेयर पटेलले बताएकी छिन ।

बाम गठबन्धनका उमेदवार  प्रभुु साह लगायतका नेताहरु क्षेत्र नम्बर ३ को समग्र विकासको निमित उमेदवार बनेकाले चौधरी समुुदायले खुुलेरै साथ दिरहेको मेयर प्रत्यासी रामेश्वरी बण्ठाले बताएकी छिन ।

बिहान ७ बजे निर्धारित गाँउमा पुुगेर घरदैलो सुुरुगर्ने,दिउसो खाना समेत गाउमा नै  खाने,प्रत्येक घर घरमा पुुगेर मत माग्ने , मतदाता हरु लाइ भोट दिने तरीका समेत उनीहरुले सिकाउदै आएका छन ।


नेपाल एयरलाइन्सको बिमान दुर्घटना बाट जोगियो - 2016-09-13
काठमाण्डौ २८ भदौ दिल्ली बाट काठमाण्डौ आउदै गरेको नेपाल एयरलाइन्सको बिमान अवतरणको क्रममा टायर पड्कीएको छ । जहाजको गियर पनि फसेको बताइएको छ ।

४६ जना सिडिओ कुदाउने एउटा चालक ! - 2016-09-13
उमेरले ६० बर्षिय बिष्णुदयाल साहले गाडी चलाउन थालेको ४० बर्ष नाघ्यो । उन्ले ४० बर्ष एउटै संस्थाको गाडी चलाए,गाडी चढ्ने हाकीमहरु धेरै फेरीए तर उनी फेरीएका छैनन।

भेट्टाएको दश तोला सुन फिर्ता - 2016-09-13
पोखरा २७ भदौ धन देखे पछि महादेवको पनि तीन नेत्र भन्ने भनाइ छ तर एउटा बसका सहचालकले दश तोला सुन भेट्टाएर फिर्ता गरेका छन । स्याङजा सिर्सेकोट–९ का केशरी अधिकारीले बसमा यात्राको क्रममा छोडेको दश तोला सुनको गहना राखेको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका हुन ।

ज्यानमार्नेलाई कार्वाहीको माग गर्दै चक्काजाम - 2016-09-12
रौतहट २७ भदौ आफन्तको कुटेर मार्ने लाइ कार्वाही नगरेको भन्दै स्थानिय तथा मृतकका आफन्तले चन्द्रनिगापुरमा शव राखेर चक्काजम गरेका छन । मृतको शव लाइ सोमवार बिहान देखि राजमार्गमा राखेर गरीएको चक्काजाम दिउसो करीव तीन बजे खुलेको छ ।

प्रनानि पौडल बिरुद्ध बिशेष अदालतमा मुद्धा - 2016-09-12
काठमाण्डौ २७ भदौ प्रहरी प्रधान कार्यालय अन्तर्गतका प्रनानि कुन्दन पौडेलले प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति पाउने उद्देश्यले झुठ्ठा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको भन्दै अख्तियारले पौडेल माथी बिशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ ।

सिराहा हिडेका मन्त्री ,संसद र कार्याकर्ता रौतहटमै रोकिए - 2016-09-12
कलमपाटी २७ भदौ रौतहटको चन्द्रनिगाहपुर बागमती सडकखण्डको पौराइ जंगलमा रहेको दुइवटा लच्कामा बाढी आएका कारण सिराहा हिडेका नेकपा माओवादी केन्द्रका सयौ नेता कार्यकर्ता चन्द्रनिगाहपुरमा रोकिएका छन ।

राजमार्गमा आएको बाढीमा पसेका यात्रुको उद्धार - 2016-09-12
रौतहट २७ भदौ/

पुर्व पस्चिम राजमार्ग बाढीका कारण अवरुद्ध , बस बाढीमा फस्दा यात्रु जोखिममा - 2016-09-12
रौतहट २७ भदौ पुर्व पस्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर बागमती सडक खण्डको पौराइ जंगलमा रहेको दुइ वटा लच्कामा बाढी आउदा बिहानै देखि सयौ गाडीहरु रोकिएका छन

बकर ईदमा सार्वजनीक बिदा - 2016-09-11


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



649811 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top