निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

समाज

राजविराजबाट नियमित उडान सुरु



समाज प्रकाशित मिति:

राजविराज :
राजविराज विमानस्थलबाट आइतबारदेखि नियमित उडान सुरु भएको छ। ५० सिट क्षमताको श्री एयरलाइन्सको ९ एन–एएमए जहाजले काठमाडौं–राजविराज–काठमाडौंको नियमित उडान सुरु गरेको हो। यो विमानस्थल २२ वर्षदेखि बन्द थियो। दिउँसो २ः५२ बजे ४६ यात्रु लिएर राजविराज अवतरण गरेको जहाजले दुई शिशुसहित २२ जना यात्रु लिएर काठमाडौंका लागि उडान भरेको छ।

नियमित उडानले समृद्धिको बाटो खुलेको भन्दै हौसिएका यहाँका स्थानीय तहका पदाधिकारी, उद्योगी, व्यापारीसहित नागरिक समाजका सयौं मानिस विमानस्थलमा भेला भई पहिलो उडानमा आएकालाई स्वागत गरे।
स्वागतका लागि वडा अध्यक्षसहित पुगेका राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झाले गम्छा ओढाएर राजविराज आउनेलाई स्वागत तथा काठमाडौं जाने यात्रुलाई बिदाई गरे। यसैगरी सप्तरी उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ र हेभी इक्विपमेन्टले फूलको माला लगाएर तथा बिस्कुट र चिसो पेय दिएर स्वागत तथा बिदाई गरे।
यात्रुको स्वागतका लागि फूलमाला लिएर पुगेका जग्गादाता रुद्रनारायण सिंहका छोरा महामायाप्रसाद सिंहले नियमित उडानको सुरुवातसँगै लामो समयपछि जग्गाको सदुपयोग भएकामा खुसी व्यक्त गरे।
श्री एयरलाइन्सले गत जेठ ९ गते सफलतापूर्वक परीक्षण उडान गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले जेठ १० गते विमानस्थलको उद्घाटन गरेका थिए।
पहिलो उडानबाट ओर्लिएका सप्तरी उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले विमानस्थल सञ्चालनले सप्तरीको विकासको ढोका खुलेको बताए। भरपर्दो विमान सेवालाई प्रभावकारी बनाउन प्रचारप्रसारको आवश्यकता औंल्याउँदै जिल्ला समन्वय अधिकारी प्रह्लाद पोखरेलले विकासका लागि विमान सेवालाई नियमित गर्न जरुरी रहेको बताए।
तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा उद्घाटन गरेको राजविराज विमानस्थल कच्ची धावनमार्गका कारण २०५२ वैशाखदेखि बन्द थियो।
राजविराज नागरिक उड्डयन कार्यालयसँग भएको सम्झौताअनुसार शनिबार र मंगलबारबाहेक सप्ताहको पाँच दिन राजविराजमा नियमित व्यावसायिक उडान गरिने श्री एयरलाइन्सका इन्चार्ज सुरेश मल्लिकले जनाए। मल्लिकका अनुसार काठमाडांैबाट राजविराजका लागि १ः१५ र राजविराजबाट काठमाडौंका लागि २ः१० बजेको उडानको समय तालिका निर्धारण गरिएको जहाजको न्यूनतम भाँडा दर तीन हजार पाँच सय र अधिकतम ६ हजार दुई सय तोकिएको छ।
विमान सेवा सञ्चालनमा आएपछि सप्तरीका अतिरिक्त सिरहा, सुनसरी उदयपुर तथा सिमावर्ती भारतीय नागरिकले राजविराजबाट विमान सेवा प्रयोग गर्ने अवसर पाएका छन्। उडानसँगै कामविशेष र पशुपति दर्शनका लागि काठमाडौं जाने स्वदेशी तथा भारतीय तीर्थयात्रीलाई पनि सहज भएको स्थानीयले विश्वास व्यक्त गरे। क्याप्टेन राजेश श्रेष्ठले कर्मसियल उडानका लागि मैदान स्तरीय रहेको प्रतिक्रिया दिए। उनले विमानस्थलको धावनमार्गको लम्बाई अझै दुई सय मिटर बढाउन सकिने सुझाव दिए।
विमान चढ्दै गरेका राजपाका महासचिव केशव झाले विराटनगर र जनकपुर पुगेर मात्रै काठमाडौं जानुपर्ने वाध्यताले समय र पैसाको बर्बादी भइरहेकामा राजविराजबाटै विमान सञ्चालन भएपछि सहज भएको बताए।
तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा उद्घाटन गरेको राजविराज विमानस्थल कच्ची धावनमार्गका कारण २०५२ वैशाखदेखि बन्द थियो। कच्ची धावनमार्गका कारण नियमित विमान नचलेपछि ५९ वर्षदेखि अलपत्र अवस्थामा रहेको विमानस्थलको धावनमार्ग पक्की बनाउन २०७३ साल असोजदेखि सुरु गरी २०७५ वैशाखमा सम्पन्न भएको हो। एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाई पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न भएपछि उडानको वातावरण बनेको हो।
राजविराज बजारबाट चार किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिका ६ (साविक इटहरी विष्णुपुर गाविस) मा रहेको राजविराज विमानस्थलका लागि स्थानीय रुद्रनारायण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएका हुन्। साभार अन्नपुर्ण
चर्चित प्रहरी अफिसर सर्वेन्द्र खनाललाई नयाँ जिम्मेवारी - 2017-07-25
काठमाण्डौ १० साउन/ एसएसपी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

सेती नदीको भुमारी तैरिएको दुई शव शसस्त्र ले यसरी निकाल्यो - 2017-07-25
काठमाण्डौ १० साउन तनहुँ– सेती नदीको भुमारीमा दुई दिन देखि तैरिरहेको दुई शव नेपाल प्रहरी र स्थानीय बासिन्दाले निकाल्न नसकेपछि मंगलबार कुरिनटार स्थित शसस्त्र प्रहरी बलले बाहिर निकाल्न सफल भएको छ ।

धामिर्क तथा पर्यटकिय स्थल नुनथरमा बोलबमका भक्तालुहरुको भिड - 2017-07-25
रौतहट १० साउन रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको धामिर्क तथा पर्यटकिय स्थल नुनथरमा बोलबमका भक्तालुहरुको भिड लागेको छ ।

सिमराको शालिमार सिमेन्ट उद्योग भित्र लोडरको ठक्करबाट एक मजदुरको मृत्यु - 2017-07-25
सिमरा १० साउन/ बाराको जितपुरसिमरा उपमहानगरपालिका २ स्थित शालिमार सिमेन्टमा कार्यरत एक मजदुरको लोडरको ठक्करबाट ज्यान गएको छ ।

मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा पक्राउ - 2017-07-25
१० साउन, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका-३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले ६ वर्षपछि मंगलबार पक्राउ गरेको छ ।

​सुनसरीमा भएको आगलागीबाट छ लाखको क्षति - 2017-07-25
१० साउन, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ ।

लागुऔषधसहित ३ जना पक्राउ - 2017-07-25
१० साउन, काठमाडौं । प्रहरीले नागढुंगाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

कान्छी श्रीमतीद्वारा पतिको हत्या, दुई पक्राउ - 2017-07-25
लहान १० साउन/ पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ ।

गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा - 2017-07-25
१० साउन, नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 NEXT

English News



1173023 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top