समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
शीत–लहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न - 2016-12-02
रौतहट १७ मंसिर / शितलहर पुर्व तयारी सम्बन्धी बैठक रौतहटमा सम्पन्न भएको छ ।

बृद्धबृद्धा अपाङ्गलाइ भत्ता लिन सास्ति - 2016-12-02
कलमपाटी १७ मंसिर / बैक मार्फत भत्ता बितरण भएपछि बृद्धबृद्धाहरुको बैकमा भिड लागेको छ बैकले उचित व्यवस्थापन नगर्दा बृद्धबृद्धाहरुले सास्ति खेप्नु परेको छ ।

सार्वजनिक जमिनमा निजी उधोग स्थापना स्थानियको बिरोध - 2016-12-02
कलमपाटी १७ मंसिर/ रौतहटको चन्द्रपुर ३ स्थित चादी नदी किनारमा रहेको सार्वजनिक जमिनमा एक निजी ह्युम पाइप उधोग स्थापना भए पछि स्थानियले बिरोध गरेका छन ।

नक्कली प्रमाण पत्र पेश गरेको आरोपमा एक शिक्षक बिशेष अदालतमा - 2016-11-30
कलमपाटी १५ मंसिर/ देवलकोट माबि गोत्री, बाजुरामा राहत कोटा अन्तर्गत माबि तहको गणित र विज्ञान शिक्षक पदमा कार्यरत शिव नारायण यादवले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा अख्तियारले छानविन गरी बिशेष अदालतमा मुद्धा दर्ता गराएको छ ।

६ महिनामा बच्चा जन्मिएपछि श्रीमान श्रीमती नै अन्यौलमा - 2016-11-30
रौतहट १५ मंसिर / बैदेसिक रोजगारीमा तीन बर्ष बसेर श्रीमान घर आएको ६ महिनामा नै छोरी जन्मिएपछि विवादका कारण रौतहटमा एक शिशुको न्वारान हुन सकेको छैन ।

सन्तपुरमा शैक्षिक तथा धार्मिक महोत्सव - 2016-11-29
कलमपाटी १४ मंसिर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १२ स्थित सन्तपुर(मटिऔन)मा बुधवारदेखि रौतहट चन्द्रपुर सन्तपुर शैक्षिक तथा धार्मिक महोत्सव हुने भएको छ ।

दुइ गाबिस सचिव बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता - 2016-11-29
काठमाण्ठौ १४ मंसिर / रकम हिनामिना गरेको आरोपमा अख्तियारले पर्साका दुइ गाबिस सचिवहरु बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

न्यौपाने र बोहरालाइ मरणोप्रान्त सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार - 2016-11-29
काठमाडौ १४ मंसिर/ प्रेस काउन्सिल तथा सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिलेसानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाइ भएको छ ।

सिराहा का मालपोतका हाकीम बिशेष अदालतमा - 2016-11-28
कलमपाटी १३ मंसिर/ जिल्ला मालपोत कार्यालय, सिरहामा कार्यरत प्रमुख मालपोत अधिकृत ज्ञानराज लम्साललाइ घुस रकम सहित अख्तियारले पक्राउ गरी बिशेष अदालत पेश गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785198 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top