समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
अमेरीकामा बनेको पेस्तोल सहति एक व्यक्ति पक्राउ - 2016-12-09
कलमपाटी २५ मंसिर अमेरीकामा बनेको पेस्तोल सहीत पक्राउ परेका एक व्यक्तिलाइ रौतहटमा प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ ।

हराएका मोटरसाइकल फेला पर्दैै प्रहरी - 2016-12-08
रौतहट २३ मंसिर / काठमाण्डौ लगाएत देशका बिभिन्न स्थानहरु बाट चोरी भएका मोटरसाइकलहरु प्रहरीले रौतहटमा फेला पारेर धनीलाइ बुझाउन थालेको छ ।

महिला हिंसा विरुद्ध सामुदायिक सचेतना कार्यक्रम - 2016-12-08
कलमपाटी २३ मंसिर / “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागी हिंसा रहित समाज” भन्ने राष्ट्रिय नारा का साथमा लैंगिक हिंसाका दृष्टिले उच्च जोखिममा रहेका गाविस सिमराभवानिपुरको अमतवा, जोगौलिया, जयराजपुर, देवीपुर र चन्द्रपुर नगरपालिका वडा नं.९ को मंगलपुर टोलामा सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटको बन भित्रै काठ चिरान संचालन - 2016-12-08
कलमपाटी २३ मंसिर/ रौतहटको बनक्षेत्रमा व्यापकरुपमा काचो सालको रुख ढालेर तस्करले काठ लैजाने गरेको खुलासा भएको छ ।

रौतहटमा कुकर बम सुरक्षाकर्मी द्धारा निष्कृय - 2016-12-06
कलमपाटी २१ मंसिर / रौतहटको गौर चन्द्रनिगाहपुरको सुकदेव चौक नजिकै को लच्कामा राखेको कुकर बम जस्तै बस्तुलाइ नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।

बिमा रकम लिन मालिकले जलाएको बस अलपत्र - 2016-12-06
कलमपाटी २१ मंसिर / गतबर्ष मधेशमा आन्दोलन चलिरहेको बेला बिमा रकमको लोभमा मालिक आफैले आगो लगाएको बसको प्रहरीले कागजपत्र नबनाएपछि बस अलपत्र अवस्था छ ।

लैंङ्गिक हिंसा विरुद्ध समुदाय जागरण कार्यक्रम - 2016-12-06
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा गाँऊ जागरणका लागि नारा सहित ¥याली, कविता, गित र सभा कार्यक्रम सम्पन्न भएको छ ।

चन्द्रनिगाहपुर सिटी जेसिजको सामाजीक गतिबिधी - 2016-12-03
चन्द्रनिगाहपुर सिटी जेसिजले २०७३ साउन ९ गतेको बिशेष साधारण सभा पछि सन २०१६ मा बिभिन्न सामाजीक तथा चेतनामुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

फास्ट ट्रयाक निर्माण सुरु गर्न दबाबस्वरुप पैदल यात्रा - 2016-12-03
प्रस्तावित निजगढ–काठमाडौं फास्टट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य छिट्टो सुरु गर्न युवाहरुको एक समूह ट्रयाक हुँदै काठमाडौंको लागि शुक्रबार पैदल यात्रा सुरु गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785074 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top