समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
पुर्व शिक्षक यादवले पत्रकार संग माफि मागे - 2017-01-23
कलमपाटी १० माघ / शिक्षक पदमा जागिर लगाइदिने भन्दै एक युवती संग ६० हजार रुपैया लिइ जागिर नदिएको समाचार लेखेको भन्दै पत्रकारलाइ धम्कि दिने एक पुर्व शिक्षकले पत्रकार संग माफि मागेका छन ।

बिपन्न परीवारका छोराछोरी लाइ ट्यूसन कक्षा - 2017-01-23
कलमपाटी १० माघ/ बिधालयबाट घर फर्के पछि खेल्न जाने तथा घरको काममा व्यस्त हुने वालवालिकाहरुले रौतहटमा निशुल्क ट्यूसन पढ्न पाएका छन ।

एकसाता अघि कालोपत्रे गरेको चन्द्रपुरको चक्रपथ मान्छे हिड्दा भत्किन थाल्यो ! - 2017-01-23
फणि महत / रौतहट १० माघ/ चन्द्रपुर नगरपालिका वरीपरी निमार्ण भैरहेको चक्रपथको कालोपत्रे एकसाता नबित्दै मान्छे हिड्दा भत्किन थालेको छ ।

रौतहटका सामुदायिक बिधालय आइतवार बन्द - 2017-01-21
कलमपाटी ८ माघ / रौतहटको सामुदायिक बिधालयहरु माघ ९ गते आइतवार बन्द हुने भएको छ ।

हजारौ लिटर घरेलु मदिरा नष्ट - 2017-01-20
रौतहट ७ माघ/ रौतहटको रंगपुर र प्रतापुर पल्टुवा गाबिसमा संचालनमा रहेको अवैध घरेलु मदिरा भट्टीहरु शुक्रवार प्रहरीले नष्ट गरेको छ ।

जमिन भु माफियालाइ,लालपुर्जा सुकुम्वासीलाई ! - 2017-01-20
रौतहट ७ माघ/ सुकुम्बासी समस्या समाधान आयोगले १८ बर्ष अघि लालपुर्जा बितरण गरेपनि मालपोत कार्यालय रौतहटले श्रेस्ता कायम नगरेकै कारण लक्ष्मिनिया–२ बिजयपुरका बासिन्दाले भोगचलन गर्दै आएको जमिन भुमाफियाले आफनो बनाएका छन ।

६० हजार लिएर जागिर नदिएपछि उजुरी - 2017-01-20
कलमपाटी ७ माघ / शिक्षकको जागिर खाने आशामा नक्कली नियुक्ती पत्र बोकेर रौतहटमा एक युवती ६ बर्ष देखि भौतारी रहेकी छिन । उन्ले न्यायका लागी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन ।

गरुडामा सदरमुकाम सार्न माग गर्दै आन्दोलन - 2017-01-18
कलमपाटी ५ माघ/ रौतहटको मध्य भाग गरुडामा जिल्ला सदरमुकाम सार्नु पर्ने माग गर्दे आन्दोलन शुरु भएको छ । गरुडा क्षेत्रमा सदरमुकाम राख्दा जिल्लाको सवै भेगका जनताले सजिलै सरकारी सुबिधा सेवा पाउने भएकाले आन्दोलन शुरु गरेको गरुडा सदरमुकाम सर्घष समितीले जनाएको छ ।

गरिव तथा बिपन्न बिधार्थीलाई सुइटर बितरण - 2017-01-18
कलमपाटी ५ माघ/ लुम्विनी एकेडेमी चावहील काठमाण्डौले रौतहटको चन्द्रपुर ३ मा रहेको एक बिधालयका बिधार्थीलाई न्यानो कपडा सुइटर बितरण गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785200 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top