समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
हृदयघातका कारण शिक्षक राठौरको मृत्यू - 2017-01-28
रौतहट १५ माघ / शनिवार बिशान हृदयघातका कारण रौतहटको श्री उच्च माबि दुधिअवा ा पुर्व प्रधानाध्यापक तथा दुधिअवा क्याम्पसका व्यवस्थापन समिती अध्यक्ष अनुठा प्रसाद सिंह राठौरको निधन भएको छ ।

तामाङ समुदायको सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाइँदै - 2017-01-28
रौतहट १५ माघ तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिवार देशभर विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।

जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको निर्माण समयमै नसकिने - 2017-01-27
जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन ।

रौतहटमा लेखनदास बाट सेवाग्रही ठगिदै - 2017-01-26
कलमपाटी १३ माघ/ रौतहटमा रहेका बिभिन्न कार्यालयहरुमा लेखनदासहरुको कारण दैनिक सयांै सेवाग्रहीहरु ठगिदै आएका छन ।

सवारी दुर्घटना बढ्दो - 2017-01-26
कलमपाटी १३ माघ/ रौतहट जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढदै गएको देखिएको छ । यस आर्थिक बर्षको ६ महिना भित्र जिल्लाभरीमा भएको सवारी दुर्घटनाहरुमा १५जना को मृत्यु भएको छ भने ३० जना घाईते भएका हुन ।

रौतहटमा दाउराको नाममा काचो रुख कटान - 2017-01-26
कलमपाटी १३ माघ / रौतहट बन बाट व्यापक रुपमा काँचो हरियो रुख काटेर तस्करी हुने क्रम बढेको छ । जिल्लाको चोँचा बन सेक्टर,र जंगलसैया रेन्जपोष्ट अन्तरगतको रााष्ट्यि बन बाट दैनिक दर्जर्नौ साईकलमा हरीया सालका दाउरा तस्करी भैरहेको छ ।

नापी कार्यालय बाराका सर्वेक्षक बिरुद्ध मुद्धा - 2017-01-25
कलमपाटी १२ माघ / नापी कार्यालय, कलैया, बारामा कार्यरत सर्वेक्षक बिरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्धा दर्ता गराएको छ ।

सिलाइ कटाइ बाटै राम्रो आम्दानी - 2017-01-25
कलमपाटी १२ माघ/ बेरोजगार रहेकी एक युवतीले सिलाइ कटाइ सिकेर अहिले राम्रै आम्दानी लिन थालेकी छिन । रौतहटको लक्ष्मिपुर दोस्तिया गाबिस ३ की २० बर्षिया अन्जना कुमारी चौधरीले मासिक २० हजार भन्दा बढी सिलाइ कटाइ बाट कमाउने गरेकी छिन । उन्को गाउ नजिकै रहेको कनकपुर बजारमा कपडा सिलाउने पसल छ । पसलमा सिलाइ कटाइको तालिम लिन युवतीहरु आउने गरेका छन । मासिक पाच सउ रुपैया लिएर उन्ले ६ जना लाइ सिलाइ कटाइ तालिम दिइरहेकी छिन ।

जिग्रि र पाडेले एक दृटिविहिन परीवार लाइ घर बनाइ दिने - 2017-01-23
काठमाडौं १० माघ / हास्य कलाकार जोडी कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे सप्तरीको एक गरीव तथा दृष्टिविहीन परीवारका लागि घर बनाउने अभियानमा जुटेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785109 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top