समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाईते । - 2018-01-27
सर्लाही : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही खण्डको ईश्वरपुर नगरपालिकाको फूलजोरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

फास्ट ट्रयाकसँगै काठमाडौंसम्म तेलको पाइपलाइन बिछ्याउन प्रस्ताव - 2018-01-27
काठमाडौं : नेपाल आयल निगमले काठमाडौं-निजगढ फास्ट ट्रयाक (एक्सप्रेस-वे) सँगै पेट्रोलियम पाइपलाइन पनि काठमाडौंसम्म ल्याउन प्रस्ताव गरेको छ । निगमले त्यसका लागि आफैंले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली प्रस्ताव गरेको हो ।

धनुषाको कमलापुलमा टाटासुमो दुर्घटना, ६ जनाको मृत्यु - 2018-01-27
जनकपुरधाम : धनुषाको कमलापुलमा गएराति टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब २ः३० बजे गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहा भन्ने कमलापुलमा यात्रुबाहक टाटासुमो दुर्घटना भएको जिल्ला प्रहरी कर्याालय धनुषाले जनाएको छ ।

घर ढलान गर्ने क्रममा करेन्ट लागेर मृत्यु - 2018-01-26
काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका–२, तिनघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनघरेमा डेरा गरी बस्दै आएका २० वर्षीय जीवन तामाङ छन् ।

तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते - 2018-01-26
लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

सामान्य विवादमा इँटा प्रहार गरी बाबुको हत्या - 2018-01-26
काठमाडौं : रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा ईट्टा प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्की घरमा बस्ने दिन गन्दै १०७ वर्षकी रामकली - 2018-01-26
रौतहट : रौतहटको सन्तपुर दलित बस्तीकी रामकली देवी हजराले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन पक्की घरमा बस्न पाउनेछु । १०७ वर्षीया उनको जीवन अभाव र दुःखमै बित्यो ।

चार अवैध कलेजले ठगे विद्यार्थी - 2018-01-26
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट मान्यता प्राप्त कलेज भन्दै भ्रामक प्रचार गरी ‘अवैध’ रूपमा सञ्चालित रुकुमका विभिन्न कलेजले लाखौँ ठगी गरेको खुलेको छ।

पानी भरेर राखेको बाल्टिनमा डुबेर बालिकाको मृत्यु - 2018-01-26
कपिलवस्तु: एक बालिकाको बिहीबार बाल्टिनमा डुबेर मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785044 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top