समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
परोपकारी सस्था द्धारा रौतहटको एक बिधालयको भौतिक सुधार - 2017-04-29
कलमपाटी १६ बैसाख / रौतहट जिल्लाको कनकपुर ५ सिम्रीमा रहेको श्री निम्न माध्यमिक बिद्यालयको भौतिक अवस्था लाइ सुधार गरी एक परोपकारी सस्थाले बिधालय लाइ हस्तान्तरण गरेको छ ।

मोटरसाइकल चोरहरु पक्राउ - 2017-04-27
रौतहट १४ बैसाख / रौतहटको चन्द्रपुर नगर क्षेत्रबाट मोटर साईकल चोरी गर्ने दुइ जना लाइ प्रहरीले पक्राउ गरेको छ ।

मिलेमत्तोमा काठ तस्करी - 2017-04-26
कलमपाटी १३ बैसाख / रौतहटको गुजरा गांउपालिका ९ को दयालपुरमा तस्करले लैजादै गरेको सालको काठ स्थानिय युवाहरुले नियन्त्रणमा लिएका छन ।

म्यादी प्रहरी तालिममा यातना दिएको आरोप - 2017-04-25
जनकपुर १३ बैसाख / स्थानीय तहको निर्वाचनमा सुरक्षा प्रदान गर्न म्यादी प्रहरीका रूपमा तालिम लिइरहेको जनकपुरका युवाह?ले प्रहरीले यातना दिएको आरोप लगाएका छन ।

तस्करको कुटाइ बाट प्रहरी घाइते ! - 2017-04-24
बारा ११ बैसाख/ बारामा प्रहरी र तस्करबीच झडप भएको छ । तस्करी गरेर नेपाल ल्याउदै गरेको सामान रोक्ने क्रममा बाराको धर्मनगरमा प्रहरी र तस्करबीच सोमबार बिहान झडप हुँदा प्रहरी हवल्दारसहित चार जना घाइते भएका छन ।

नौ दिन बितिसक्यो छोराको अत्तोपत्तो छैन - 2017-04-22
रौतहट ९ बैसाख/ छोरा बेपत्ता भएको नौ दिन बिति सक्दा पनि अवस्था पत्ता नलाग्दा रौतहटको एक परीवार मा रुवाबासी चलिरहेको छ ।

जमिन दर्ता गर्दा मालपोत मिनाहा - 2017-04-22
काठमाण्डौ / मुसहरको नमुना बस्तिमा जमिना दर्ता गर्दा सरकार लाइ राजश्व बुझाउन नपर्ने भएको छ ।

धमाधम प्रहरी लाइ बन्दुक बुझाउदै - 2017-04-21
प्रहरी लाइ बन्दूक जिम्मा लगाउदै पुर्व सभासद पटेल / फोटो पटेलको फेसबुकबाट रौतहट ८ बैसाख/ सुरक्षाका लागी अनुमती लिएर घरमा राखेको बन्दुकहरु रौतहटमा धमाधम प्रहरीलाइ बुझाउन थालिएको छ ।

हावाहुरी र असिना पिडित लाइ राहत बितरण - 2017-04-21
कलमपाटी ८ वैसाख / गएको चैत्र ११ गते आएको असिना पानीबाट पीडित परिवारलाई शुक्रवार पनि राहात बितरण गरीएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसमा नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाले राहत वितरण गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785047 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top