समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
२० वटा मदीरा उत्पादन गर्ने भट्टी नष्ट - 2017-05-03
रौतहट २० बैसाख / रौतहट जिल्लाको विभिन्न स्थानहरुमा अवैध रुपमा मदिरा भट्टी संचालन भट्टीहरु प्रहरीले नष्ट गरेको छ ।

घुस लिदा लिदै रसुवामा दुइ जना कर्मचारी पक्राउ - 2017-05-03
कलमपाटी २० बैसाख / रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं १ र २ को संयुक्त जिम्मेवारी पाएका वडा सचिव र पियनलाइ अख्तियारको टोलीले पक्राउ गरेको छ ।

कटहरीया झाझपुल सडक कालोपत्रै हुदै - 2017-05-02
कलमपाटी १९ बैसाख / रौतहटको कटहरीयादेखि गौर सडको झाँझपुल सम्मको सडक कालोपत्रे हुने भएको छ ।

डिस्टीलरीमा आगलागी लाखौको क्षेती - 2017-05-02
रौतहट १९ बैसाख / रौतहटको दुर्गा भगवति गाँउपालिका स्थित एभरेष्ट डिस्टीलरीमा आगलागी भएको छ ।

रौतहट लगाएत देशैभर श्रमिक दिवश मनाइयो - 2017-05-01
कलमपाटी १८ बैसाख / आज सोमवार १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस रौतहट लगाएत देशभर बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

आइतवार कक्षा १२ का ४० जना परीक्षार्थी कार्वाहीमा - 2017-04-30
रौतहट १७ बैसाख / राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा १२ को आइतवार भएको परिक्षामा अमर्यादित क्रियाकलाप गर्ने रौतहट जिल्लाका विभिन्न केन्द्रहरुबाट ४० जना परिक्षार्थी कार्वाहीमा परेका छन ।

माटोको ढिस्कोले पुरेर चारजनाको मृत्यू - 2017-04-30
सर्लाही १७ बैसाख/ सर्लाहीको इश्वरपुर नगरपालिका मा माटोको ढिस्काले पुरीएर पुरिएर चारजनाको मृत्यु भएको छ ।

तीनजना पुर्व प्रहरी प्रमुखलाइ जेल सजाय - 2017-04-30
काठमाण्डौ १७ बैसाख / सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा दोषि देखाउदै तीन जना पुर्व प्रहरी महानिरिक्षकहरु लाइ जेल सजाय सुनाएको छ ।

तस्करसंग मिलेकोभन्दै चारजना प्रहरी निलम्वित - 2017-04-29
बारा १६ बैसाख / तस्करसँग मिलेको भन्दै बारामा ४ जना प्रहरीहरुलाइ निलम्वन गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785142 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top