समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
खैरो हिरोइन कारोबारको अखडा बन्दै पथरी - 2018-01-31
विराटनगर : मोरङको पथरी बजार लागूऔषध खैरो हिरोइनको कारोबार गर्ने अखडा बन्दै गएको पाइएको छ।कारोबारमा संलग्नले प्रहरीको आँखा छलेर लामो समयदेखि पथरी बजारलाई मुख्य प्वाइन्ट बनाएर खैरो हिरोइनको व्यापार गर्दै आएको पत्ता लागेको हो।

लक्ष्य भन्दा कम राजश्व उठ्यो - 2018-01-31
गौर भन्सार कार्यालयले आफ्नो लक्ष्यभन्दा धेरै कम राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि वार्षिक १७ करोड ४४ लाख रुपैया राजश्व उठाउने लक्ष्य लिएको गौर भन्सार कार्यालयले कम राजश्व संकलन गरेको छ ।

पोखरीमा डुबेर महिलाको मृत्यु - 2018-01-31
गौशाला : महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए।

सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँमै दक्ष चिकित्सकको सेवा - 2018-01-30
सिमरा : जिल्लाको केन्द्रका रूपमा रहेको सिमरा स्वास्थ्य केन्द्रमा पाँच रुपैयाँ शुल्कले दक्ष चिकित्सकबाट उपचार हुन थालेपछि स्थानीय लाभान्वित भएका छन् ।

दलित समुदायका बालबालिका पढ्ने विद्यालयको बिजोग - 2018-01-30
सिरहा : मिर्चैया नगरपालिका –१२ सिक्रोनस्थित मोजै जनता आधारभुत विद्यालयका प्रधानाध्यापक र शिक्षकको लापरबाहीले पठन पाठन प्रभावित बनेको छ ।

मासु किन्दा गुन्द्री छोएको आरोपमा दलितमाथि कुटपिट - 2018-01-30
दैलेख: महाबु गाउँपालिका–२ बडखोलाका ५५ वर्षीय पहल विक छुवाछतको आरोपमा निर्घात कुटिएका छन् ।

नमुना बस्ति निमार्णका लागी अर्यालले गरे दुइ लाख सहयोग - 2018-01-30
रौतहट १६ माघ// धुर्मुस सुन्तली फाउन्डेशनले निमार्ण गर्दै गरेको नमुना बस्तिका लागी दुइलाख सहयोग भएको छ । चन्द्रपुर होटल व्यवसायी संघका अध्यक्ष देवेन्द्र अर्यालले मंगलवार दुई लाखको चेक हस्तान्तरण गरेका छन ।

मौलापुर नगरपालिका द्धारा १४सय त्रिपाल बितरण - 2018-01-30
मौलापुर नगरपालिकाले १४सय थान त्रिपाल बितरण गरेको छ । नगरकी मेयर रिना देवी साहले वडा नम्बर ५ मा दुुइसय ८० थान त्रिपाल बितरण गरेकी छिन ।

'जनता संग जेसिज' सार्वजनिक सुनवाइ कार्यक्रम - 2018-01-30
रौतहट १६ माघ// चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटको चन्द्रपुर मा सार्वजनिक सुनवाइ कार्यक्रमको आयोजना गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785129 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top