समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
युएन पार्कको थप विकास गरिने - 2017-07-05
सहरी विकास मन्त्रालयले संयुक्त राष्ट्रसंघ (युएन) पार्क क्षेत्रलाई व्यवस्थित बनउने प्रक्रिया सुरु गरेको छ ।

पूर्वतयारी सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न - 2017-07-05
मनसुन सकृय भएपछि रौतहटमा पुर्वतयारी सम्बन्धि एक दिने कार्यशला गोष्ठी सम्पन्न भएको छ । अक्सफामको सहयोग ग्रामिण विकास केन्द्र नेपालको सहकार्य तथा जिल्ला दैविक प्रकोप उदार समिति रौतहटको आयोजनामा आज बुधवार जिल्ला समन्वय समिति रौतहटको सभा हलमा सम्पन्न भएको हो ।

पानीमा डुवेर दुइजना बालवालिकाको ज्यान गयो - 2017-07-01
रौतहट १७ असार / घर नजिकैको पानी जमेको खाल्टोमा डुवेर रौतहटमा दुइ जना बालबालिकाको मृत्यू भएको छ ।

गौर, गरुडा र चन्द्रपुरलाइ नमुना सहर बनाउछु :सहरी बिकास मन्त्री साह - 2017-07-01
रौतहट १७ असार/ सहरी बिकाश मन्त्री प्रभु साहले ग्रामिण भेग लाइ जोडेर बजारहरुको बिकाश गर्ने बताएका छन । मन्त्री भएपछि गृह जिल्ला रौतहट आएका साहले जिल्लाको प्रमुख बजार गोर, गरुडा र चन्द्रपुर लाइ आधुनिक सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

असइ द्धारा आफ्नै पेस्तोल पड्काएर आत्महत्या - 2017-07-01
सिराहा १७ असार सिराहामा एक नेपाल प्रहरीका असइले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको पेस्तोल लेगोली प्रहार गरेर आत्महत्या गरेका छन ।

पोखरी जस्तो खनेर एकलाख बजेट झ्याम ! - 2017-06-30
रौतहट १६ असार/ जिल्ला बन कार्यालय रौतहट अन्र्तगत सिम्री इलाका बन कार्यालयले पोखरी खनेको भन्दै एक लाख हिनामिना गरेको छ ।

चन्द्रनिगाहपुर लाइ नमुन सहर बनाउछु :मन्त्री साह - 2017-06-30
रौतहट १६ असार / शहरी बिकास मन्त्री प्रभु साहले रौतहटको चन्द्रपुर नगरलाइ नमुना शहरको रुपमा बिकाश गरीने बताएका छन । शुक्रवार रौतहटको चन्द्रनिगाहपुरमा कार्यकर्ताहरुले राखेको स्वागत कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन ।

६ हजार घुस लिने बन अघिकृत बिरुद्ध मुद्धा दर्ता - 2017-06-30
काठमाण्डौ १६ असार / ईलाका वन कार्यालय बर्दियाका सहायक वन अधिकृत राजकिशोर प्रसाद स्वर्णकार बिरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

चुणामणि शर्मासँग मागियो ३ अर्ब धरौटी, १२५ फाइल खोल्दा ९ अर्बको बिगो - 2017-06-29
काठमाडौं १५ असार / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785192 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top