समाज

सन्तपुरको नमुनाबस्ति निमार्णमा सूर्योदयको आर्थिक सहयोग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ६ पुस
रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले नगद सहयोग गरेको छ ।

 संस्थाले मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ २२ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो ।

 मुसहर बस्ती निमार्णका लागि सदरमुकाम गौरबाट भएको यो सवैभन्दा ठुलो आर्थिक रकम समेत हो । सहकारीमा आवद्ध युवाहरुको समूहले आ आफ्नो तलबको रकम बाट संकलन गरी सो राशी सहयोग गरेको संस्थाका संचालक मध्येका अविनाश केशरीले जनाएका छन् । 

संस्थामा कार्यरत कर्मचारीहरुको समुह शनिवार निर्माणधिण बस्ती मै पुगेर अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् । 

सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको संस्थाका अर्का सदस्य मिथलेश साह बताएका छन ।

हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल “धुर्मुस“ र कुन्जना धिमिरे  “सुन्तली“ले सम्पुर्ण सहयोगी मनहरुमा सहयोग रकम जुटाएर सहयोग गर्नु भएकोमा र महाअभियानमा साथ दिनु भएकोमा धन्यवाद आभार प्रकट गरेका छन ।

 साँचिकै मन देखिनै गर्व गर्न लायक राष्ट्रप्रेमिको भावना समेतिएको यस अभियान प्रती खुलेरै प्रसंशा गर्दै यस सहयोग र साथको जति नै बर्णन गर्दा पनि कम हुने भन्दै प्रवाशमा रहनु भएका सम्पूर्ण नेपालिहरुको साथ र मायाले नै सबै बस्ती निर्माण कार्य सफल भएको पनि कुरा उल्लेख  गरेका छन ।


चुणामणि शर्मासँग मागियो ३ अर्ब धरौटी, १२५ फाइल खोल्दा ९ अर्बको बिगो - 2017-06-29
काठमाडौं १५ असार / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको छ ।

गोपाल पराजुली प्रधानन्यायधिसमा सिफारीस - 2017-06-29
काठमाण्डौ १५ असार / संवैधानिक परिषद्को बैठकले गोपाल पराजुलीलाइ सर्वसम्मत रुपमा प्रधानन्यायाधीशका लगि सिफारिस गरेको छ ।

घरेलु हिंसा बिरुद्द सडक नाटक प्रर्दशन - 2017-06-28
रौतहट १४ असार / पहरी र मुस्लिम समुदायमा हुने घरेलु हिंसा न्युनिकरणका लागी रौतहटको चन्द्रनिगाहपुरमा सडक नाटक प्रर्दशन गरीएको छ ।

हत्या आरोपमा माओवादीका पुर्व संसद लाइ स्थानियद्धारा कुटपिट - 2017-06-27
इटहरी १३ असार आफ्नै घरको कम्पाउडमा मृत भेटिएको महिलाको बिषयमा गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै सेनाका पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङ लाइ इटहरीमा स्थानियले कुटपिट गरेका छन ।

सुरक्षा निकायको सुधारका लागी गृहमन्त्रीको 'मार्गचित्र' [पुर्णपाठ सहित] - 2017-06-27
काठमाण्डौ १३ असार गृहमन्त्री जनार्दन शर्माले सुरक्षा संयन्त्र भित्र सुधारका लागी मार्गचित्र प्रस्तुत गरेका छन । गृहमन्त्री शर्माले नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा अनुशन्धान बिभाग मा केही सुधारका खाचो रहेको औल्याएका छन ।

भरतपुरको च्यातिएको मतपत्र काठमाण्डौ लगियो - 2017-06-27
सर्वोच्चको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ को च्यातिएको मतपत्र काठमाडौ लगिएको छ । मतगणनाको क्रममा च्यातिएको मतपत्र सर्वोच्च अदालतमा पेश गर्नका लागि काठमाडौं पठाइएको हो ।

हत्या गरी लुटपाट गर्ने गिरोह पक्राउ - 2017-06-27
भरतपुर महानगरपालिका २५ चितहीका गंगासागर महत्तोको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुइ जना लाइ पक्राउ गरेको छ ।

कैलालीमा आफैले बोकेको बम बिस्फोट एक जनाको मृत्यू - 2017-06-27
धनगढी १३ असार आफैंले बोकेको बम विस्फोटन हुँदा कैलालीमा एक युवकको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोड मा सोमबार राति करीव १० बजे आत्मघाती बम बिस्फोटन भएको प्रहरीले जनाएको छ ।

हरीयो खादा लगाउदै कृतिम फुल अगाडी राखेर बातावरण मैत्री टोल घोषणा ! - 2017-06-26
सोमवार रौतहटको चन्द्रपुर ९ स्थित नजरपुर टोलमा प्रमुख अतिथीले हरीयो रंगको खादा ओडेर वातावरण मैत्री टोल घोषणा गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749864 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top