समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
जनकपुर उपमहानगरमा लुटपाट - 2017-08-01
जनकपुर उपमहानगरपालिका-७ बालुवा टोल बस्ने अशोक साहको घरबाट गहना र नगदसहित ३ लाख बराबरको धनमाल लुटपाट भएको छ ।

शौचालयको अभावमा यात्रु सकसमा - 2017-08-01
वीरगञ्ज-२७ वडामध्ये १८ वटा वडा दिसामुक्त क्षेत्र घोषणा भए पनि वीरगञ्ज महानगरपालिकाभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा यात्रु सकमा परेका छन् ।

हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ - 2017-08-01
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ ।

देशैभर फोरजी - 2017-08-01
नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट ९फेरजी० सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ

९ हजारलाई सडकमै शिक्षा - 2017-08-01
पश्चिम क्षेत्रमा सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेकोे ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणका लागि अभियान थालेको छ

प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट सुन पास गराउन खोज्दा सई फन्दामा - 2017-08-01
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ

रौतहट प्रहरीको यस्तो छ वार्षिक प्रगति - 2017-07-31
रौतहट १६ साउन/ जिल्ला प्रहरी कार्यालय रौतहटले गत आर्थिक वर्षमा भारतबाट अबैधरुपमा भित्रयाएको कुल दुुई करोड, ५७ लाख २४ हजार बराबरको सामान बरामद गरी भन्सारमा बुुझाएको छ ।

मुख्य सडककै पसलमा चोरी भएपछि स्थानीय त्रसित - 2017-07-31
लमजुङ १६ साउन/ केही दिन यता लमजुङको बेसीशहर नगरपालिका क्षेत्र आसपासमा चोरीका घटना बढ्न थालेका छन् ।

प्रहरीद्वारा अवैध सामान बरामद - 2017-07-31
वीरगन्ज १६ साउन/ वडा प्रहरी कार्यालय विर्ताले ५ लाख मुल्य बराबरको सामान पक्राउ गरी भंसारमा बुझाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785190 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top