समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
शिक्षा कार्यालय रौतहटका सव इन्जिनियर पक्राउ - 2017-08-11
जिल्ला शिक्षा कार्यालय रौतहटका सब इन्जिनियर ललनकुमार सिंह लाइ अख्तियारको टोलीले पक्राउ गरेको छ । सिंह घुससहित गौर स्थित एक चिया पसल बाट पक्राउ परेको बताइएको छ ।

ट्याक्सी चढेर लुट्ने पक्राउ - 2017-08-11
यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ ।

कार्यकारी अधिकृतलाई कुटपिट गरेको आरोपमा एक पक्राउ - 2017-08-11
जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

लगातारको वर्षाले जनकपुर जलमग्न - 2017-08-11
बुधबार रातिदेखि परिरहेको वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

वालीनष्ट गर्ने उधोग बिरुद्ध किसानको आन्दोलन जारी - 2017-08-11
उधोगले दुषित पानी नदीमा मिसाइएको र सो पानी खेतमा पसेर वालीनाली नष्ट गरेपछि रौतहटमा किसानहरु आन्द्योलनमा छन ।

दुर्घटनामा ७ सय ३५ ले ज्यान गुमाए - 2017-08-10
सवारी दुर्घटनामा परेर मध्यक्षेत्रमा एक बर्षमा सात सय ३५ जनाले ज्यान गुमाएका छन । बाराको पथलैया स्थित मध्य क्षेत्रमा एक वर्ष भित्र भएको सडक दुर्घटनामा सात सय ३५ जनाले ज्यान गुमाएको मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय, पथलैयाले जनाएको छ ।

एकसय ७१ जना सरकारी कर्मचारी कहा हराए ! - 2017-08-10
रौतहट २६ साउन / जिल्लाको सरकारी कार्यालयहरुमा विहिवार स्थानिय प्रसाशनले छडके जाच गर्दा कार्यालय प्रमुख सहित एक सय ७१जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

पर्सामा हात्तीको आक्रमणबाट एक बालकको मृत्यु - 2017-08-10
पर्साको सुवर्णपुर गाउँपालिकामा हातीको आक्रमणबाट विहिबार विहान एक बालकको मृत्यु भएको छ । सुर्वणपुर गाउँपालिका वडा नम्बर २ इच्छानगरका रामकुमार प्रजाका ११ वर्षीय छोरा रिजन प्रजाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लागुऔषध सहित एक जना पक्राउ - 2017-08-10
प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाले चेकजाँचका क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ का १७ वर्षे प्रदिप गुप्तालाई पक्राउ गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



784994 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top