समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
सम्बन्ध राख्न नदिएको रिसमा श्रीमतीको हत्या प्रयास - 2018-02-10
भक्तपुर : आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गरी हत्या प्रयास गर्ने श्रीमान् कारागार चलान भएका छन् ।

एघार वर्षीया बलात्कृत, रक्तश्राव नरोकिएपछि अवस्था गम्भीर - 2018-02-10
सिरहाः सिरहा नगरपालिका–३ रमौलकी ११ वर्षीया स्कूले बालिका विहीवार साँझ बलात्कृत भएकी छन् । आफ्नै घरको गाइगोरु गोठमा पराल हाल्न गएका बेला ती बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेका हुन् ।

सिचाइ सचिव यादव सहित ३ जना त्रिशुलीमा बेपत्ता - 2018-02-10
कामाण्डौ २७ माघ // पृथ्वी राजमार्ग अन्तर्गत धादिगको सलागघाटमा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन ।

लाखौ ऋण बोकेर काठमाण्डौ फर्किए धुर्मुस सुन्तली - 2018-02-09
रौतहट २६ माघ// रौतहट बाट ६० लाख ऋण बोकेर धुर्मुस सुन्तली शुक्रवार काठमाण्डौ फर्किएका छन । ५ करोड ९४ लाख भन्दा बढी लागतमा एकिकृत नमुना बस्ति निमार्णगर्दा धुर्मुस सुन्तली फाउन्डेशनलाइ ६० लाख ऋण लागेको हो ।

जबरजस्तीकरणीमा ८० वर्षे वृद्धको संलग्नता ! - 2018-02-08
हेटौंडा : बढ्दो जबरजस्तीकरणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ।

सिरहाको बिडी क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड र तालाबन्दी - 2018-02-08
सिरहा : आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले सिरहा मिर्चैयाको ब्रम्हचारी दामोदरानन्द क्याम्पसमा तोडफोड र तालाबन्दी गरेका छन् ।

आफ्नै साथीको हत्या गर्ने पक्राउ - 2018-02-08
काठमाडौं : महानगरीय अपराध महाशाखाले आफ्नै साथीको हत्या गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ ।

ट्रकसँग ठोक्किएर दूधको ट्याङ्कर त्रिशुलीमा खस्यो, दुईको मृत्यु - 2018-02-08
चितवन : त्रिशुली नदीमा दूधको ट्याङ्कर खस्दा दुई जनाको मृत्यु भएको छ। दूध बोकेर कोहलपुरबाट पोखरा जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको ट्याङ्कर बिहीबार बिहान साढे पाँच बजे नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत गाईघाटमा खस्दा चालक र सहचालकको मत्यु भएको हो।

सय ग्राम सुनसहित महोत्तरीमा एक पक्राउ - 2018-02-08
बर्दिबास २५ माघ सय ग्राम अवैध सुन सहित इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले एक जना युवालाई पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785127 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top