समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
बाढीले बगाएको पुलको छेउ मर्मत नहुदा सास्ती - 2017-09-01
कटहरीया नगरपालिकामा रहेको लालबकैया नदीको पुलमा बाढीले क्षेती पुर्याउदा आवतजावत बन्द भएको छ ।

निजगढमा ट्रिपरले एम्बुलेन्सलाई ठक्कर दिंदा एक महिलाको मृत्यु, ४ जना घाईते - 2017-08-31
सिमरा स् बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रिपरले एम्बुलेन्सलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाईते भएका छन् ।

हंसराज मुसहरले पाए ह्वीलचेयर - 2017-08-30
पक्षघातका कारण १० बर्ष देखि हिडडुल गर्न नसक्ने पिप्रापोखरीयाका बृद्ध एक मुसहरलाइ एक महिलाले ह्वीलचेयर सहयोग गरेकी छिन ।

श्रीमतीले काटिन् श्रीमानको घाँटी - 2017-08-30
घरायसी विवादका क्रममा जनकपुरमा श्रीमतीले आफ्नो श्रीमानको घाँटी ब्लेडले काटिदिएकी छिन्।

सिमानामा बांध मर्मत गरेपछि नेपालका डुवान पिडित चिन्तामा - 2017-08-29
सिमाना नजिकै रौतहटको गौरमा बाढीले भत्किाएको बांध भारतले मर्मत गरेपछि नेपालका डुवान पिडित चिन्तामा परेका छन ।

आमाको रिसले हसबुनले गरिन् दुई बर्षीय छोराको हत्या - 2017-08-29
आफूमाथि चोरीको आरोप लागेपछि एक यूवतीले त्यसको रिसइवी साँध्न दुई बर्षीय नाबालकको हत्या गरेकी छन् ।

घर भत्किएकाहरुलाई नेपाल बन पैदवार उधोग महासंघको सहयोग - 2017-08-27
नेपाल बन पैदवार उधोग महासंघले रौतहटमा गौर १० स्थित बाढीले घरबार बिहिन २५ परीवार लाइ राहत वितरण गरेको छ ।

अत्यन्त पिडित मुसहर बस्तिमा राहत वितरण - 2017-08-27
नेपाल शेयर काठमाण्डौले संकलन गरेको राहत सामाग्री रौतहटको अती पिडित मुसहर बस्तिमा बितरण गरीएको छ । जिल्लाको पिप्रा पोखरीया साबिकको गाबिसको डुमरीया को ५८ वटा झुपडीमा बस्दै आएका मुसहरहरु लाइ राहत बितरण गरीएको हो ।

राहत नपाएको भन्दै गौरमा प्रर्दशन - 2017-08-27
रौतहटका बाढी पिडितहरुले राहत नपाएको भन्दै सदरमुकाम गौरमा आइतवार दिनभर प्रर्दशन गरेका छन । सो गाउपालिकाको भलौहियाका सयौ बाढी पिडितहरुले गौर स्थित जिल्ला प्रशासन कार्यालय तथा रेडक्रस सोसाइटी गौर शाखा अगाडी प्रर्दशन गरेका हुन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785171 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top