समाज

सन्तपुरको नमुनाबस्ति निमार्णमा सूर्योदयको आर्थिक सहयोग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ६ पुस
रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले नगद सहयोग गरेको छ ।

 संस्थाले मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ २२ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो ।

 मुसहर बस्ती निमार्णका लागि सदरमुकाम गौरबाट भएको यो सवैभन्दा ठुलो आर्थिक रकम समेत हो । सहकारीमा आवद्ध युवाहरुको समूहले आ आफ्नो तलबको रकम बाट संकलन गरी सो राशी सहयोग गरेको संस्थाका संचालक मध्येका अविनाश केशरीले जनाएका छन् । 

संस्थामा कार्यरत कर्मचारीहरुको समुह शनिवार निर्माणधिण बस्ती मै पुगेर अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् । 

सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको संस्थाका अर्का सदस्य मिथलेश साह बताएका छन ।

हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल “धुर्मुस“ र कुन्जना धिमिरे  “सुन्तली“ले सम्पुर्ण सहयोगी मनहरुमा सहयोग रकम जुटाएर सहयोग गर्नु भएकोमा र महाअभियानमा साथ दिनु भएकोमा धन्यवाद आभार प्रकट गरेका छन ।

 साँचिकै मन देखिनै गर्व गर्न लायक राष्ट्रप्रेमिको भावना समेतिएको यस अभियान प्रती खुलेरै प्रसंशा गर्दै यस सहयोग र साथको जति नै बर्णन गर्दा पनि कम हुने भन्दै प्रवाशमा रहनु भएका सम्पूर्ण नेपालिहरुको साथ र मायाले नै सबै बस्ती निर्माण कार्य सफल भएको पनि कुरा उल्लेख  गरेका छन ।


रौतहटमा ७ हजार भन्दा बढी घर डुवानमा - 2017-08-12
लगातारको बर्षाका कारण रौतहटको अधिकास भु भाग डुवानमा परेको छ भने सात हजार भन्दा बढी घरहरु डुवानमा परेका छन ।

पुर्वपस्चिम राजमार्गको लच्कामा बाढी - 2017-08-12
पुर्वपस्चिम राजमार्गको लच्कामा बाढी आउदा शनिवार सवारीसाधन आवागमन बन्द भएको छ । शुक्रवार राति देखि नै पुर्वपस्चिम राजमार्ग अन्र्तगत रौतहटको पौराई जंगलमा रहेको लच्कामा बाढी आउदा यातायात बन्द भएको हो ।

बाढी र पहिरोमा परी ३० जनाको निधन - 2017-08-12
झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे - 2017-08-12
देवाहीगोनाही गाउँपालिका-२ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण फसेका छन्।

घर घरमा पानी पस्यो - 2017-08-12
अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ ।

निजगढमा बाढिका कारण महेन्द्र राजमार्ग अवरुद्ध - 2017-08-12
लगातारको वर्षापछि आएको वाढिका कारण आज विहानैबाट महेन्द्र राजमार्गको निजगढ क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

मोटरसाइकल चोरीमा संलग्न पक्राउ - 2017-08-11
रौतहटमा मोटरसाइकल चोरीमा सकृय रहेको एकसमुहलाइ प्रहरीले पक्राउ गरेको छ ।

बर्षाका कारण घर भत्कियो - 2017-08-11
केही दिन देखी लगातार परेको अबिरल बर्षातको कारण रौतहटको दुईवटा घर भत्किएका छन

ट्रक दुर्घटनामा दुईको मृत्यु - 2017-08-11
सिद्धार्थ राजमार्गको राम्दी–गल्याङ् खण्डमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749874 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top