समाज

बस र मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यू



समाज प्रकाशित मिति:

रौतहट ३ मंसिर//
गरुडा बजारमा आइतबार यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा दुइजनाको ज्यान गएको छ ।

 चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग १ ख६६२४ नम्बरको यात्रुबाहक बस र गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बिआर ३० एन ५१९५नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक देबाहीगोनाही नगरपालिका–९ धरहरीका ४० वर्षीय मुन्निलाल मिश्र र पछाडी बसेका माधवनारायण नगरपालिका–३ निवासी ३५ वर्षीय राम प्रकाश यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक गोबिन्द थापाले जानकारी दिएका छन ।

तस्विर ः दुर्घटना भएको  मोटरसाइकल ।


सरकार त्रिपाल देउ ! - 2017-08-14
रौतहटका बाढी पिडितहरुले सरकारले राहात र उद्धारमा ढिला गरेको गुनासो गरेका छन । बाढीका कारण रौतहटमा घर भत्किएर हजारौ मानिसको बिचल्ली हुदा पनि सरकाले राहतको व्यवस्था गर्न नसकेको भन्दै पिडितहरुले आक्रोस पोखेका छन ।

पर्सामा दुई भारतीयसहित चारजनाको शव फेला प¥यो - 2017-08-14
विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रौतहटमा मृत्यू हुनेको सख्या १३ , बाढी तथा डुवान पिडितहरु राहतको पर्खाइमा - 2017-08-14
रौतहटमा बाढीले बगाउदा सोमवार दिउसो सम्म १३ जनाको मृत्यू भएको छ । बाढी पिडितहरु राहतको पर्खाइमा छन । कतिपय गाउहरुमा तीन दिन देखी खोकै बस्न बाध्य छन । घरमा खानेकुरा भएपनि पखाउने साधन नहुदा उनीहरु थप पिडामा छन , सोमवार दिउसो सम्म जिल्लाको बिभिन्न स्थानहरु बाट बाढीले बगाउदा १३ जनाको मृत्यू भएको छ । सोमवार चारजनाको शव फेला परेको छ ।

बाढीले बबईको पुल भास्सियो - 2017-08-14
बर्दिया सदरमुकाम गुलरिया हुँदै उत्तर-दक्षिण, पूर्व-पश्चिम राजमार्ग जोड्ने जब्दीघाटस्थित बबई नदी माथिको भास्सिएको छ । पप्पु कन्सट्रक्सनद्वारा दुई वर्षअघि निर्मित उक्त पुल हस्तान्तरण नहुँदै भास्सिएको हो ।

जलमग्न रौतहट, शव जलाउने ठांउ नहुदा सडक मै जलाइयो ! - 2017-08-13
जताततै पानीपानी छ ,बाढी र डुवान छ । रौतहटका श्री राउतको गाउमा भएको झुपडी डुवानमा छ । यता उनी मरेकी छोरी बोकेर दाहसस्कार गर्ने ठाउ खोज्दै भौतारी रहेका छन ।

रौतहटका बाढीपीडित २४ घन्टादेखि भोकभोकै - 2017-08-13
जिल्लाका अधिकांश बाढी पीडित झण्डै २४ घन्टादेखि भोकभोकै छन् । लगातार पानी परिरहेको र अधिकांश भूभाग डुबानमा परेका कारण राहत तथा उद्दार टोली पीडितहरु समक्ष पुग्न सकेका छैनन् ।

रौतहट सदरमुकाम गौर सम्पर्क बिच्छेद - 2017-08-13
रौतहटको गौर सदरमुकाम जाने बाढी बाढीले क्षेती पुर्याउदा सम्पर्क बिच्छेद भएको छ । आइतवार बिहान गोरु चन्द्रपुर सडक खण्डको सखुअवामा सडक भत्काउदा बाटो अवरुद्ध बनेको हो ।

देशको मुख्य राजमार्ग ठप्प , पुल र लच्कामा बाढीले क्षेती - 2017-08-13
रौतहट र बारा को सिमाना धन्सारपुलमा बाढीले क्षेती पुर्याउदा राजमार्ग बन्द भएको छ । पुलको पस्चिमतर्फ बाढीले सडक नै कटान गरेको छ ।

रौतहटमा बाढीले बगाएर १० जनाको मृत्यू - 2017-08-13
रौतहटमा बाढीले बगाउदा आइतवार दिउसो सम्ममा १० जनाको ज्यान गएको छ । राजपुर फरहदवा गाउँपालिका–३ स्थित दमारचौक नजिकका बाढीले बमनहरको बांधकटान गरेको बाढीमा जीप बगाउदा ६ जनाको ज्यान भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 NEXT

English News



644212 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top