समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
रौतहटमा लागुऔषध सहित दुई जना पक्राउ - 2018-01-03
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आईतबार साझ दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्रपुर न.पा वडा नं. ४ बस्ने मंगल बहादुर ठोकरको २६ बर्षिय छोरा सजिब लामा ठोकर र सोही ठाउँ निवासी सन्त बहादुर लोपचनको २५ बर्षिय छोरा अर्जुन लामा रहेका छन् ।

आगलागीमा गोठ र पाडी जल्यो - 2018-01-03
रौतहटमा भएको आगलागीमा गोठ र एउटा भैसीको पाडी जलेर मरेको छ । गढीमाई नगरपालिका २ समनपुर बस्ने श्रीराम साहको गोठमा घुरबाट आगलागी हुदा गोठ र एक पाडी जलेर करीब २ लाख रुपैया बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

सप्तरीमा बढ्दै छन् दिनदहाडै लुटपाटका घटना - 2018-01-03
सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाको बनौली निवासी जैतुन खातुन साउदीमा रहेका छोराले पठाइदिएको रकम झिक्न राजविराज आइन् ।

११०० लिटर बढी घरेलु मदिरा बरामद - 2018-01-03
नुवाकोट प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालनमा ल्याएको छ । नुवाकोटका विभिन्न स्थानबाट एकहजार पाँचसय ५० लिटर अवैध मदिरा नियन्त्रण गरि नष्ट गरिएको हो ।

मानव सेवा आश्रमलाई दाताहरुद्वारा सहयोग - 2018-01-03
मानव सेवा आश्रम, वीरगञ्ज शाखामा बुधबार बिहान विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका छन् । मुक्तिनाथ विकास बैंक वीरगञ्ज शाखा, कोशिस फाउन्डेसनलगायतका संघ संस्था र दाताहरुले आश्रमका लागि आवश्यक सामाग्रीहरु सहयोग गरेका हुन् ।

विद्युत सर्ट भएर पसलमा आगलागी - 2018-01-03
सर्लाहीको हरिवन बजारमा रहेको एक मंगलबार बिहान विद्युत सर्टभइ आगलागी भएको छ । आगलागीबाट ६५ लाख बराबरको कपडा जलेर नष्ट भएको सञ्चालक सुरेश दासले जानकारी दिनुभयो ।

लागूऔषधको साटो ‘फर्मास्युटिकल ड्रग' - 2018-01-03
लागूऔषध दुव्र्यसनीहरू हिरोइन, गाँजा, चरेसको विकल्पमा पछिल्लो समय ‘फर्मास्युटिकल ड्रगु प्रयोग गर्न थालेको प्रहरी अध्ययनले देखाएको छ।

७० वर्षे बृद्धले बन्दुक देखाएर बलात्कार गरे ! - 2018-01-02
जुगल गाउँपालिका-२ का सुकबहादुर तामाङको उमेर ७० वर्ष लागिसक्यो । पूर्ववडाध्यक्ष समेत रहेका उनीमाथि बुढेसकालमा बलात्कारको अभियोग लागेको छ ।

बाँदरलाई ताकेको गोली भिनाजुलाई लागेपछि.. - 2018-01-02
तिनाउँ गाउँपालिका-६ मस्याममा बाँदरलाई ताकेर हानेको गोली मान्छेलाई लागेको छ। बाँदरलाई ताकेर हानेको भरुवा बन्दुकको गोली ६२ वर्षीय धनबहादुर थापालाई लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785012 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top