समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
चिसो पिडित बस्तिका बालबालिकालाई न्यानो कपडा सहयोग - 2018-01-19
रौतहट ५ माघ // चिसोका कारण मुसहर, धांगर, डोम जातीका बालबालिकाहरु बिचल्लीमा परेको छन । यस्तै समुदायको बसोवास रहेको एक टोलमा रौतहटका संचारकर्मी प्रविण टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको छ ।

डा.गोबिन्द केसी शितलहर पिडित बस्तिमा - 2018-01-18
रौतहट ४ पुस // स्वास्थ्य सुधारको माग गर्दै पटक पटक अनशन बसेर चर्चामा रहेका प्राध्यापक डा. गोविन्द केसी बिहिवार रौतहट आइपुगेका छन ।

चोरी भएका २७ लाखको गरगहनासहित चार जना पक्राउ - 2018-01-18
छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलमा चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २७ लाख रूपैयाँको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् ।

धनकुटा तनावग्रस्त, कर्फ्यू लगाइयो - 2018-01-18
प्रदेश राजधानीको माग गर्दै गरिएको आन्दोलनका कारण धनुकटा तनावग्रस्त बनेको छ । स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन् कर्फ्यू लगाएको छ ।

‘आन्दोलन गर्ने वीरगञ्ज, राजधानी पाउने जनकपुर ?’ - 2018-01-18
प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएको विरोधमा बिहीबार वीरगञ्जमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले वीरगञ्ज पथलैया र वीरगञ्ज कलैया सडकखण्डमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न - 2018-01-16
रौतहट २ माघ लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

नेपाली सेना द्धारा कम्वल बितरण - 2018-01-16
रौतहट २ माघ रौतहटको गौर नगरपालिका ८ स्थित ढागर बस्तिमा मंगलबार नेपाली सेनाले न्यानो कपडा बितरण गरेको छ ।

बर्दिबास-जयनगर रेलमार्ग निर्माण धमाधम - 2018-01-16
जनकपुरधाम :// भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ।

रिक्सा चलाएर आङ ओताउँदै केदार ! - 2018-01-15
“रिक्सा चालक केदारप्रसाद तिमल्सिना फलोइङ यु,” गतहप्ता फेसबुकमा एउटा नोटिफिकेशन आयो । “आफ्नो नाम र थरका अघिल्तिर रिक्सा चालकको फुर्को किन झुन्ड्याउनुपरेको होला ?,” मनको कौतूहल रौतहटको चन्द्रपुर पुगेपछि मात्रै शान्त भयो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785160 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top