समाज

सन्तपुरको नमुनाबस्ति निमार्णमा सूर्योदयको आर्थिक सहयोग



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ६ पुस
रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले नगद सहयोग गरेको छ ।

 संस्थाले मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ २२ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो ।

 मुसहर बस्ती निमार्णका लागि सदरमुकाम गौरबाट भएको यो सवैभन्दा ठुलो आर्थिक रकम समेत हो । सहकारीमा आवद्ध युवाहरुको समूहले आ आफ्नो तलबको रकम बाट संकलन गरी सो राशी सहयोग गरेको संस्थाका संचालक मध्येका अविनाश केशरीले जनाएका छन् । 

संस्थामा कार्यरत कर्मचारीहरुको समुह शनिवार निर्माणधिण बस्ती मै पुगेर अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् । 

सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको संस्थाका अर्का सदस्य मिथलेश साह बताएका छन ।

हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल “धुर्मुस“ र कुन्जना धिमिरे  “सुन्तली“ले सम्पुर्ण सहयोगी मनहरुमा सहयोग रकम जुटाएर सहयोग गर्नु भएकोमा र महाअभियानमा साथ दिनु भएकोमा धन्यवाद आभार प्रकट गरेका छन ।

 साँचिकै मन देखिनै गर्व गर्न लायक राष्ट्रप्रेमिको भावना समेतिएको यस अभियान प्रती खुलेरै प्रसंशा गर्दै यस सहयोग र साथको जति नै बर्णन गर्दा पनि कम हुने भन्दै प्रवाशमा रहनु भएका सम्पूर्ण नेपालिहरुको साथ र मायाले नै सबै बस्ती निर्माण कार्य सफल भएको पनि कुरा उल्लेख  गरेका छन ।


रौतहटमा ट्याक्टरको ठक्कर बाट बृद्धको मृत्युु - 2017-12-12
रौतहट २६मंसीर // जिल्लाको पुुर्वीभेग स्थित ट्याक्टरको ठक्कर बाट एकजना बृद्धको मृत्युु भएको छ ।

कृषि विकास बैंक पाँच करोड भ्रष्टाचार काण्ड : शाखाका प्रबन्धकसहित तीन पक्राउ - 2017-12-12
कृषी विकास बैंक न्यूरोड शाखा कार्यालयको चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा कर्मचारीको मिलेमतोमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर - 2017-12-10
रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।

हत्याको विषयलाई लिएर स्थानीय र प्रहरी झडप - 2017-12-10
हिजो साझ बाल्चनपुरमा भएको हत्याको विषयलाई लिएर आज बिहान अवरुध गरेको सडक खुलाउने क्रममा एक स्थानीय वासी एक प्रहरी घाईते भएका छन् ।

कुटपिट बाट युवकको मृत्यू - 2017-12-10
रौतहट २४ मंसीर रौतहटको चन्द्रपुर नगरपालिका–१० बाल्चनपुरमा आज एक युबकको शनिवार साझ हत्या भएको छ ।

१४ किलो चरेससहित चारजना पक्राउ - 2017-12-09
सुरक्षा निकाय सबैको ध्यान चुनावमा केन्द्रित भइरहेका बेलामा भारतमा लैजान लागिएको १४ किलो चरेससहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रिफर दुर्घटना हुँदा चालकसहित दुई म्यादी प्रहरीको मृत्यु - 2017-12-08
मकवानपुरको भिमफेदी गाउँपालिका ९ चुनियाँ डाँडामा ट्रिफर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पर्सामा सशस्त्र वन रक्षक र काठ तस्करबीच गोली हानाहान - 2017-12-08
पर्साको पटेर्वासुगौलीमा सशस्त्र वन रक्षक र काठ तस्करबीच भिडन्त गोली हानाहान भएको छ ।

दोलखा केन्द्र बनाएर ५.२ को भूकम्प - 2017-12-08
काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749884 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top