समाज

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा



समाज प्रकाशित मिति:

जनकपुरधामः
कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय जनकपुरको केही टोलहरुमा छात्रालाई कलेज र विद्यालय जान असजिलो बन्दै गएपछि प्रहरीमा निवेदन दिने क्रम बढेको थियो ।
छात्राहरुलाई दुव्र्यवहार गर्नेहरुको खोजीमा पछिल्लो दश दिनदेखि प्रहरीले निगरानी बढाएर चेकजाँच गर्दा एकजना पक्राउ परेको धनुषाका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
जनकपुर–९ स्थित संकटमोचन मन्दिर उत्तरतर्फको सडकमा बाटोमा बसेर कलेज जाँदै गरेका छात्रालाई अश्लिल शब्द प्रयोग गरि दुव्र्यवहार गरिरहेको अवस्थामा प्रहरीले महोत्तरीको गोनरपुरा–१ निवासी ३० वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको हो ।
बाटो छेकेर छात्राहरुलाई जिस्काइराखेको अवस्थामा उनलाई समातिएको हो । पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जिल्ला प्रशासनबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।
छात्राहरुमाथि सडकमा हुने गरेका दुव्र्यवहारका घटना रोक्न हाल धनुषा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

साभार अन्नपुर्ण पोष्ट
तीन वर्षमा १९ हजार ९१८ नागरिक बेपत्ता - 2018-01-23
काठमाडौँ : दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ ।

गौचन हत्याकाण्डका मुख्य योजनाकारसहित ९ जना जेल चलान - 2018-01-23
काठमाडौं : नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकारसहित ९ जनालाई पुर्पक्षका लागी जेल चलान गरिएको छ ।

वालकको घाटी काटेर हत्या - 2018-01-23
रौतहट ९ माघ/// राजपुर नगरपालिकाको बलुवाटोलका मंगलवार बिहान एक वालकको घाटी काटेर हत्या भएको छ ।

आगोले खोस्यो आमा : अढाई महिने बच्चाको बिजोग - 2018-01-23
चिसो छल्न घुर ताप्दा जलेर एक किशोरीको मृत्यु भएपछि बच्चाको बिजोग भएको छ। जलेर घाइते भएकी फतुवा विजयपुर नगरपालिका लक्ष्मनियास्थित मुसहर टोलकी १६ वर्षीया इन्दु माझी मुसहरको उपचारका क्रममा मृत्यु भएको थियो।

गौचन हत्याकाण्डका मुख्य सुटर पक्राउ - 2018-01-23
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी शरद कुमार गौचन हत्यामा संलग्न मुख्य सुटरलाई पक्राउ गरको छ ।

रौतहटको जयनगरमा फर्निचर मेला - 2018-01-23
रौतहट : रौतहटको मध्यभागमा रहेको जयनगरमा फर्निचर मेला सुुरु भएको छ ।

महानगरीय प्रहरी कार्यालयका असई तीन लाख घुससहित पक्राउ - 2018-01-22
काठमाडौं : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असइ तीन लाख घुससहित पक्राउ परेका छन्।

शीतलहरका कारण सप्तरीमा एक घन्टाभित्रै बाबु-छोराको मृत्यु - 2018-01-22
राजविराज : शीतलहरका कारण सप्तरीमा एक घन्टाभित्रै बाबु-छोराको मुत्यु भएको छ।

श्रीपञ्चमीमा जल चढाउन गएकी कलावतीको करेन्ट लागेर मृत्यु - 2018-01-22
सर्लाही : सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 NEXT

English News



785174 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top