राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ ।
मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि बोलेर गइरहेको थियो । टिप्परले एक्कासी ब्रेक लिँदा बोलेरो टिप्परको पछाडीमा ठोकियो ।
दुर्घटनामा कुनै  मानवीय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । सांसद अर्को गाडी चढेर जनकपुर पुगिसकेका छन् ।
सांसद महतोले भने, ‘सडक भत्केको ठाउँमा मर्मत भएको छैन । लाग्छ सडकमा खाल्डो होइन, खाल्डोमा सडक रहेको छ । टिपर रोकिएपछि ब्रेक लिँदा पनि बालुवामा चिपलिएर गाडी टिप्परभित्र छिरेको थियो ।’
मधेसमा न्यानो लुगा र आगो ताप्ने दाउरा उपलब्ध गराउन माग - 2018-01-03
संघीय समाजवादी फोरम नेपालले शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग माग गरेको छ ।

प्रचण्डलाई फकाउन को–को सक्रिय ? - 2018-01-03
यति बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउन केही शक्ति केन्द्र र नेताहरू निकै सक्रिय देखिएका छन् ।

सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै - 2018-01-02
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ।

दुई नम्बर प्रदेशको मुख्यमन्त्री को ? यस्ता छन् दाबेदार - 2018-01-01
प्रदेश नम्बर २ मा स्पष्ट बहुमत ल्याएका धेसवादी दलको सरकार बन्ने सम्भावना करिब पक्का जस्तै छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको गठनबन्धनले प्रदेश २ मा स्पष्ट बहुमत ल्याएका छन् ।

चुनाव खर्च बुझाउन आयोगको ताकेता - 2017-12-31
निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव खर्च बुझाउन ताकेता गरेको छ ।

दलहरूबीच समझदारीको वातावरण बनाउँदैछुः प्रचण्ड - 2017-12-31
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः प्रचण्ड - 2017-12-31
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन्।

एकतामा कुनै ‘कन्फ्युजन' छैन : ओली - 2017-12-31
एमाले अध्यक्ष केपी ओलीले वाम पार्टीलाई एक हुन नदिन विभिन्न अन्योल सिर्जना गर्न खोजिए पनि एकता भएरै छाड्ने बताएका छन्। पुष्पकमल दाहाललाई पूरै कार्यकाल प्रधानमन्त्रीको ‘चारोु फ्याँकिनु त्यसको एउटा उदाहरण भएको उनले प्रष्ट्याए।

केपी ओलीले भने- क्याङक्याङ कुङकुङले केही हुँदैन, अब नेपाल अगाडि बढ्छ - 2017-12-30
नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



783556 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top