राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने - 2017-10-26
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

वाम होइन, दाम गठबन्धन हो: विप्लव - 2017-10-26
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादीको गठबन्धनलाई दाम र नामका लागि भएको गठबन्धन भनेका छन् ।

कांग्रेस उम्मेदवार सोमबारसम्म - 2017-10-26
कांग्रेसले दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबारसम्म उम्मेदवार तय गर्र्ने भएको छ । संसदीय समितिको बुधबार बसेको बैठकले सोमबारसम्म उम्मेदवार तय गर्ने सहमति गरेको हो ।

विप्लवले खुल्लामञ्चबाट भने ‘हामी युद्ध र दास दुवै चाहन्नौ ’ - 2017-10-25
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपाले देशमा फेरि युद्ध नचाहेको स्पष्ट पारेका छन् ।

राप्रपाकी पूर्वसांसद कांग्रेस प्रवेश - 2017-10-25
नुवाकोट // डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका तर्फबाट नुवाकोटमा उम्मेदवारी दिएकी निवर्तमान सांसद राज्यलक्ष्मी पाण्डे श्रेष्ठ बुधवार नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

अन्ततः मनाङमा डन मनाङ्गे नै एमालेका असली उम्मेदवार - 2017-10-25
मनाङको क्षेत्र नम्बर २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।

ससुराको बचाउमा उत्रिए बाबुरामको ज्वाइँ - 2017-10-25
प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईको बचाउमा जेकेन्द्र श्रेष्ठ उत्रिएका छन् । उनी भट्टराईका ज्वाइँ हुन् ।

पुर्व स्वास्थ्य राज्यमन्त्री 'राजावावु'एमालेमा प्रवेश - 2017-10-23
काठमाण्डौ ६ कार्तिक / नेपाल लोकतान्त्रिक फोरमका सहमहामन्त्री एवं पूर्व स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम राजाबाबु नेकपा एमालेमा प्रवेश गरेका छन । राजावावु लाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास वालकोटमा आइतवार स्वागत गरेका छन ।

३२ जिल्लामा उम्मेदवारी दर्ता(उम्मेदवारको सूचीसहित) - 2017-10-23
मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार दलहरूले उत्साहजनक ढंगले उम्मेदवारी दर्ता गराएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645753 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top